अस्थायी ट्राफिक प्रहरी पोष्ट रामनगर, बुटवलमा कार्यरत प्रहरी सहायक निरीक्षक सुर्य बहादुर अधिकारी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धमा आरोपपत्र दायर।
प्रेस विज्ञप्ति :- मिति २०७६।११।१८ गते ।
-------------------------------------------------
प्रहरी चौकी खिदिम, अर्घाखाँची दरबन्दी भई हाल ट्राफिक प्रहरी पोष्ट रामनगर, बुटवल रुपन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक सुर्य बहादुर अधिकारीले बिभिन्न बहाना बनाई डर त्रास देखाई टिप्पर गाडी रोकी दु:ख हैरानी दिने गरेको र टिप्पर आवतजावतमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग पटक-पटक घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले निज सुर्य बहादुर अधिकारीलाई सेवाग्राहीबाट रु. ५,०००।– (पाँच हजार) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको सिलसिलामा अस्थायी ट्राफिक प्रहरी पोष्ट रामनगर, बुटवलमा कार्यरत प्रहरी सहायक निरीक्षक सुर्य बहादुर अधिकारीले सेवाग्राहीको टिप्परहरु संचालनमा सहजीकरण गरिदिएबापत मासिकरुपमा रकम दिनुपर्ने भनी रु. ५,०००।– घुस/रिसवत रकम माग गरी लिएको तथ्य पुष्टि हुन आएको देखिंदा निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकोले निज सुर्य बहादुर अधिकारीलाई बिगो रु. ५,०००।– (पाँच हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
प्रवक्ता
प्रदीपकुमार कोइराला
Download
Tweet