त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत कार्यालय सहयोगी डोमा शेर्पा उपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
प्रेस विज्ञप्ति :- मिति २०७६।११।२१ गते ।
-------------------------------------------------
त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत कार्यालय सहयोगी डोमा शेर्पाले विमानस्थलस्थित प्रमुख भन्सार अधिकृतको कार्यकक्षमा सुन तस्करीमा संलग्न भियतनामी र कम्बोडियन नागरिकसँग सांकेतिक संवाद गरी सुन फाल्न लगाउने कार्यमा संलग्न भएको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निज कार्यालय सहयोगी डोमा शेर्पाले मिति २०७६।०१।०८ गते THAI AIRWAYS बाट नेपाल आएका भियतनामी नागरिक PHANTHI LOAN THAO र कम्बोडियन नागरिक THEARI UY ले अवैध रुपमा ल्याएको सुन फाल्नको लागि सांकेतिक संवाद गरी निजहरुले आफ्नो साथमा रहेको सुन उप-सचिव कर्ण तिमिल्सिनाको कर्यकक्षमा रहेको सोफा पछाडि फालेको अवस्थामा परिमाण १६८५ ग्राम बरामदसमेत भई विदेशी नागरिहरुउपर कानूनी कारवाही चलेको देखिंदा खानतलासी कार्यमा खटिएकी निज कार्यालय सहयोगी डोमा शेर्पाले सुन लुकाउन लगाई गैरकानूनी रुपमा राजस्व चुहावट गर्न मद्दत गरेको देखिएकोले उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को कसुर भएकोले बिगो रु. ७,०७,७००।– (सात लाख सात हजार सात सय) कायम गरी निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ मा उल्लेख भएबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ७ बमोजिम बिगोको दोब्बर जरिवाना हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरीएको छ ।
प्रवक्ता
प्रदीपकुमार कोइराला
Download
Tweet