डिभिजन वन कार्यालय नवलपुर, नवलपरासी (वर्दघाट सुस्ता पूर्व) का सहायक वन अधिकृत (तत्कालीन निमित्त कार्यालय प्रमुख) कृष्ण बहादुर देवकोटा उपर बिगो रु. २,००,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।११।२७ गते ।
-------------------------------------------------

डिभिजन वन कार्यालय, नवलपरासी (वर्दघाट सुस्ता पूर्व) मा कार्यरत सहायक वन अधिकृत (निमित्त कार्यालय प्रमुख) कृष्ण बहादुर देवकोटा र सोही कार्यालयका कार्यालय सहयोगी (करार) प्रमोद कुमार तेलीले टेण्डरको काठ उठाए बापत सेवाग्राहीसँग पटक-पटक घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीद्वारा निजहरु कृष्ण बहादुर देवकोटा र प्रमोद कुमार तेलीलाई रु. २,००,०००।– (दुई लाख) घुस/रिसवत लिइसकेको अबस्थामा नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको सिलसिलामा डिभिजन वन कार्यालय नवलपुर, नवलपरासी (वर्दघाट सुस्ता पूर्व) का सहायक वन अधिकृत (तत्कालीन निमित्त कार्यालय प्रमुख) कृष्ण बहादुर देवकोटाले सेवाग्राहीसँग नियमानुसार लिलाम बिक्री सदर भएको काठको छोडपुर्जी दिने प्रयोजनका लागि दु:ख हैरानी दिई आफ्नै कार्यकक्षमा घुस/रिसवतबापतको रकम मोलमोलाई गरी रु. २,००,०००।– (दुई लाख) घुस माग गरी सो रकम निज आफूले नबुझी निजकै निर्देशन बमोजिम कार्यालय सहयोगी प्रमोद कुमार तेलीले बुझिलिई राखेको अवस्थामा बरामद भएको पुष्टि हुन आएको हुँदा निज कृष्ण बहादुर देवकोटाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको देखिंदा निज कृष्ण बहादुर देवकोटालाई बिगो रु. २,००,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) तथा दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरीएको छ । 

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26