जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय, पाटन, बैतडीका निमित्त डिभिजन प्रमुख इन्जिनियर सुरेशराज भट्टउपर बिगो रु. १,००,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।१२।०४ गते ।
-------------------------------------------------
जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय, पाटन बैतडीका निमित्त डिभिजन प्रमुख इन्जिनियर सुरेशराज भट्टले चमेलिया खोला तटबन्ध नियन्त्रण निर्माण योजनाको कामको सम्झौता गर्न आलटाल तथा ढिलासुस्ती गरी हाल उक्त सम्झौता गरिदिए बापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिई गएको टोलीले निज इन्जिनियर सुरेशराज भट्टलाई घुस बापतको रकम रू.१,००,०००/- लिइसकेको अवस्थामा र स्रोत नखुलेको रकम रू.१,००,०००/- गरी जम्मा रकम रू.२,००,०००/- (दुइ लाख) घुस बापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको सिलसिलामा जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय, पाटन बैतडीका निमित्त डिभिजन प्रमुख इन्जिनियर सुरेशराज भट्टले सेवाग्राहीलाई घुस/रिसवत दिन बाध्य बनाई सोबापत रकम रू.१,००,०००/-(एक लाख) र स्रोत नखुलेको रू.१,००,०००/-(एक लाख) सहित पक्राउ परेको भन्ने तथ्य प्रमाणित हुन आएको हुँदा निज राष्ट्रसेवकले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेकोले निज इन्जिनियर सुरेशराज भट्टलाई बिगो रु. १,००,०००/-(एक लाख) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) तथा दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26