जिल्ला प्रशासन कार्यालय, मोरङका खरिदार टेकबहादुर श्रेष्ठसमेत २ जनाउपर बिगो रु.६,००,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।१२।०७ गते ।
-------------------------------------------------

बेलबारी नगरपालिका वडा नं. २ को कार्यालय बाहिर लेखापढी व्यवसाय गर्ने तिर्थराज गिरीले सेवाग्राहीको नागरिकता प्रमाण-पत्रमा भारतीय सेनामा कार्यरत रहेको कागजात अनुसार नाम र जन्म मिति सच्याउन जिल्ला प्रशासन कार्यालयमा खर्च लाग्छ भनी जिल्ला प्रशासन कार्यालय, मोरङका खरिदार टेकबहादुर श्रेष्ठसँग मिलेमतो गरी सेवाग्राहीसँग रू.६,००,०००/- लिएकोमा निजहरू तिर्थराज गिरी र टेकबहादुर श्रेष्ठले भ्रष्टाचार गरेको कसुरमा यस आयोगमा घुस/रिसवत रकमसहित दाखिला हुन आएकोमा अनुसन्धान हुँदा पदमबहादुर लिम्बु भन्ने बमबहादुर लिम्बुको नागरिकता प्रमाण-पत्रमा जन्म मिति संशोधन गरी सोबापत लेखापढी व्यवसाय गर्ने तिर्थराज गिरीले रू.६,००,०००/- रकम लिई नागरिकता संशोधन गरेबापत जिल्ला प्रशासन कार्यालय, मोरङका खरिदार टेकबहादुर श्रेष्ठलाई रू.१,००,०००/- दिएकोले निज राष्ट्रसेवक कर्मचारीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको हुँदा निज टेकबहादुर श्रेष्ठलाई बिगो रू.१,००,०००/- (एक लाख) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय हुन साथै निज राष्ट्रसेवकले लिएको घुस/रिसवत रू.१,००,०००/- बरामद हुन नसकेकोले सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम निजबाटै असुल उपर गरी जफत हुनसमेत मागदाबी लिइएको छ।

त्यस्तै लेखापढी व्यवसाय गर्ने तिर्थराज गिरीले खरिदार टेकबहादुर श्रेष्ठसँग एकआपसमा मिली सेवाग्राहीसँग मोलाहिजा गरी नागरिकता संशोधनको लागि रू६,००,०००/- लिई टेकबहादुर श्रेष्ठलाई रू.१,००,०००/- दिएको र बाँकी रू.५,००,०००/- आफै खाई मास्ने मनसायले राखेको देखिंदा निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिमको कसुरमा बिगो रू.६,००,०००/-(छ लाख) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (२) ले निर्देश गरेबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय हुन मागदाबी लिई साथै घुस/रिसवत लिएको मध्ये बरामद भएको रू.५,००,०००/- सोही ऐनको दफा ३ को उपदफा (२) बमोजिम जफत गरी बरामद हुन नसकेको रू.१,००,०००/- सोही ऐनको दफा ३ को उपदफा (२) बमोजिम निजबाटै असुल उपर गरी जफत हुनसमेत मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26