नेपाल विद्युत प्राधिकरण, हेटौंडा वितरण केन्द्र, हेटौंडामा कार्यरत इलेक्ट्रिसियन शंकर बहादुर तामाङ उपर शैक्षिक योग्यताको नक्कली (झुठ्ठा) प्रमाण-पत्र सम्बन्धी आरोप-पत्र दायर।
प्रेस विज्ञप्ति :- मिति २०७६।१२।०७ गते ।
-------------------------------------------------
नेपाल विद्युत प्राधिकरण, हेटौंडा वितरण केन्द्र, हेटौंडामा कार्यरत इलेक्ट्रिसियन शंकर बहादुर तामाङले नक्कली शैक्षिक योग्यताको प्रमाण-पत्र पेश गरी नोकरी खाई रहेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निज मिति २०४१ सालमा दैनिक ज्यालादारी कुल्ली पदमा नियुक्ति भई त्रिभुवन माध्यमिक विद्यालय नवलपुर, हेटौंडाबाट कक्षा ८ पास गरेको नक्कली शैक्षिक योग्ताको प्रमाण-पत्र पेश गरी २०५० सालमा कुल्ली पदमा स्थायी नियुक्ति भएको हुँदा तह ३ कुल्ली पद (इलेक्ट्रिसियन) मा बढुवासमेत भई सरकारी सेवाको लाभ तथा सुविधा लिएको पुष्टि हुन आएकोले निजको उक्त कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर गरेको देखिंदा निज शंकर बहादुर तामाङलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
प्रवक्ता
प्रदीपकुमार कोइराला
Download
Tweet