मालपोत कार्यालय धादिङका कम्प्युटर अपरेटर सूर्य अधिकारी र लेखापढी व्यवसायी कान्छोनारायण श्रेष्ठ उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०३।१४ गते ।
-------------------------------------------------

जिल्ला धादिङ, जिवनपुरमा ४ रोपनी जग्गाको रजिष्ट्रेसन पास गर्ने क्रममा लेखापढी ब्यवसायीमार्फत सरोकारवालासँग घुस/रिसवत लिएको सूचना एवं उजुरीका आधारमा उक्त कार्यवापत रु.५,०००।–(पाँच हजार) मालपोत कार्यालय धादिङका कम्प्युटर अपरेटर सूर्य अधिकारीलाई दिदै लिदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले निज सूर्य अधिकारी र लेखापढी व्यवसायी कान्छोनारायण श्रेष्ठलाई उक्त रकमसहित मालपोत कार्यालय परिसरवाट नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा मालपोत कार्यालय धादिङका कम्प्युटर अपरेटर सूर्य अधिकारीले सेवाग्राहीको जग्गा छिटो छरितो लिखत पास गरिदिएवापत लेखापढी व्यवसायी कान्छोनारायण श्रेष्ठसँग आपसी मिलेमतोमा पटक-पटक गरी रु. ५,०००।–(पाँच हजार) घुस/रिसवतवापत लेनदेन गरेको तथ्य पुष्टि हुन आएको देखिंदा निज सूर्य अधिकारीले गरेको उक्त कार्य प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसारको कसुरजन्य कार्य भएको स-प्रमाण पुष्टि हुन आएकोले निजलाई बिगो रु. ५,०००।– कायम गरी भ्रष्टचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र ऐ. ऐनको दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय गरी घुसवापतको रकम ऐ. ऐनको दफा ३ को उपदफा (१) बमोजिम जफत हुन मागदाबी लिइएको छ ।

साथै, लेखापढी व्यवसायी कान्छोनारायण श्रेष्ठले राष्ट्रसेवक कर्मचारीसँग मिलेमतो गरी घुस/रिसवत दिने कार्यमा प्रत्यक्ष संलग्न भई प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) अनुसारको कसुरजन्य कार्य गरेकोले निज कान्छोनारायण श्रेष्ठलाई बिगो रु. ५,०००।– कायम गरी सो दफाले निर्देश गरेबमोजिम दफा ३ को उपदफा (१) र ऐ. ऐनको दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

 

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26