जिल्ला प्रहरी कार्यालय, उदयपुर दरबन्दी भई मोरङ जिल्ला सि.आर.भी. कटहरीमा कार्यरत प्रहरी सहायक निरीक्षक सिताराम घिमिरेउपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
प्रेस विज्ञप्ति :- मिति २०७७।०३।१६ गते ।
-------------------------------------------------
जिल्ला प्रहरी कार्यालय, उदयपुर दरबन्दी भई मोरङ जिल्ला सि.आर.भी. कटहरीमा कार्यरत प्रहरी सहायक निरीक्षक सिताराम घिमिरेले होटल व्यवसाय संचालनमा सहजिकरण गरी दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले निज प्रहरी सहायक निरीक्षक सिताराम घिमिरेलाई सेवाग्राहीसँग रु ४,०००/- (चार हजार) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।
अनुसन्धानको सिलसिलामा जिल्ला प्रहरी कार्यालय, उदयपुर दरबन्दी भई मोरङ जिल्ला सि.आर.भी. कटहरी मोरङमा कार्यरत प्रहरी सहायक निरीक्षक सिताराम घिमिरेले सेवाग्राहीको चिया, खाजा तथा हल्का पेय पदार्थ मदिराको पसल सञ्चालन गर्न सहज गरी दिने भनी रु. ४,०००।– (चार हजार) घुस/रिसवतबापत लिएको पुष्टि हुन आएकोले निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको देखिंदा निज सिताराम घिमिरेलाई बिगो रु. ४,०००।– कायम गरी भ्रष्टचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
प्रवक्ता
प्रदीपकुमार कोइराला
Tweet