डिभिजन वन कार्यालय, ताप्लेजुङका सहायक वन अधिकृतद्वय जीवन कुमार यादव र बीरेन्द्र प्रसाद साहउपर बिगो रु. २,००,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
प्रेस विज्ञप्ति :- मिति २०७७।०३।१६ गते ।
-------------------------------------------------
जिल्ला ताप्लेजुङ, डिभिजन वन कार्यालयमा कार्यरत सहायक वन अधिकृत जीवन कुमार यादव र सव डिभिजन वन कार्यालय फुङ्लिङ, ताप्लेजुङमा कार्यरत सहायक वन अधिकृत वीरेन्द्र प्रसाद साहले जडिबुटी निकासी छुटपूर्जी दिए बापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवम् उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले निज सहायक वन अधिकृत जीवन कुमार यादव र सहायक वन अधिकृत वीरेन्द्र प्रसाद साहलाई रु.१/१ लाख गरी जम्मा रु.२,००,०००/- (दुई लाख) घुस/रिसवत बापतको रकम बुझि लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।
अनुसन्धानको सिलसिलामा डिभिजन वन कार्यालय, ताप्लेजुङका सहायक वन अधिकृतद्वय जीवन कुमार यादव र बीरेन्द्र प्रसाद साहले सेवाग्राहीसँग संकलित सेतक चिनी जातको जडिबुटी नेपालगञ्जसम्म लैजान छोडपूर्जी बनाउने प्रयोजनको लागि जनही रु. १/१ लाखको दरले रु. २,००,०००।– (दुई लाख) घुस/रिसवत माग गरी लिएको पुष्टि हुन आएकोले निजहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको भ्रष्टाचारजन्य कसुर भएको देखिएबाट निजहरु सहायक वन अधिकृतद्वय जीवन कुमार यादव र बीरेन्द्र कुमार साहलाई बिगो रु. २,००,०००।– कायम गरी भ्रष्टचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
प्रवक्ता
प्रदीपकुमार कोइराला
Tweet