कोहलपुर नगरपालिका वडा नं. २, बाँकेका कमल बहादुर शाहीउपर बिगो रु. ४,००,०००।– कायम गरी घुस/रिसवत दिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०३।१६ गते ।
-------------------------------------------------
वादी नेपाल सरकार प्रतिवादी तत्कालीन डिभिजन वन कार्यालय वीरेन्द्रनगर सुर्खेत र डिभिजन वन कार्यालय वावियाचौर, सुर्खेतका कार्यालय प्रमुख डिभिजन वन अधिकृत भक्त बहादुर लामा भएको घुस/रिसवत लिई भ्रष्टाचार गरेको कसुरमा विशेष अदालत काठमाडौंमा दायर गरिएको मुद्दामा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम सजाय मागदाबीमा पूर्ण छुट दिई वादी पक्षका साक्षीका रुपमा पेश गरिएका निवेदक कमल बहादुर शाहीले वकपत्र गर्दा निवेदनको व्यहोरा र अनुसन्धानको क्रममा गरेको कागजको व्यहोरालाई अन्यथा हुने गरी प्रतिकूल वकपत्र गरेको भ्रष्टाचार मुद्दाका सम्बन्धमा अनुसन्धान हुँदा डिभिजन वन कार्यालय, भेरी वाबियाचौर र डिभिजन वन कार्यालय वीरेन्द्रनगर सुर्खेतका तत्कालीन कार्यालय प्रमुख भक्त बहादुर लामाले काठ/दाउराको छोडपुर्जीको म्यादथप गरिदिने प्रयोजनको लागि रु.४,००,०००।– (चार लाख) घुस रिसवत रकम माग गरेको हुँदा कारवाही गरीपाउँ भनी कमल बहादुर शाहीले दिएको लिखित उजुरी निवेदन, निजले गरेको कागजसमेतको आधारमा अनुसन्धानमा सहयोग गरेकोले सजायको मागदाबीमा पूर्ण छुट दिने गरी आरोप-पत्र दायर गरिएकोमा अदालतमा प्रतिकूल वकपत्र गरी असहयोग गरेको पुष्टि भएकोले निजको उक्त कार्य भ्रष्टाचार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ को प्रतिवन्धात्मक वाक्यांशको आधारमा ऐ.ऐनको दफा ३ को उपदफा (३) द्वारा परिभाषित कसुर अपराध गरेको देखिंदा निज कमल बहादुर शाहीलाई बिगो रु. ४,००,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ को प्रतिवन्धात्मक वाक्यांशको आधारमा ऐ.ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) अनुसार कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29