तेह्रथुम जिल्ला थोक्लुङ्ग गा.वि.स. का अवकाश प्राप्त सचिव डम्बर कुमार गड्तौला उपर बिगो रु. १,१८,०००।– कायम गरी आर्थिक अनियमितता गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०३।२८ गते ।
-------------------------------------------------

तेह्रथुम जिल्ला थोक्लुङ्ग गा.वि.स. का सचिव डम्बर कुमार गड्तौलाले आ.ब. २०७०/०७१ मा सामाजिक सुरक्षा भत्ताको रकम व्यापक हिनामिना गरेको, उमेर नपुगेको व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता दिएको र मृत्यु भैसकेका सयौ मानिसको नाममासमेत भत्ता वितरण गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा तेह्रथुम जिल्ला, थोक्लुङ्ग गा.वि.स. का तत्कालीन हाल अवकास प्राप्त सचिव डम्बर कुमार गड्तौलाले आर्थिक बर्ष २०६९/७० र २०७०/०७१ मा सामाजिक सुरक्षा भत्ता वितरण गर्दा सामाजिक सुरक्षा भत्ताको लाभग्राही लगतमा नाम नभएका व्यक्तिहरु, मृत्यु भैसकेको व्यक्तिको नाममा र एकै व्यक्तिको नाममा दोहोरो/तेहोरो गरी रु. १,१८,०००।– (एक लाख अठार हजार) हिनामिना गरेको तथ्य पुष्टि हुन आएको देखिंदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरजन्य कार्य भएकोले बिगो रु. १,१८,०००।– कायम गरी निज डम्बर बहादुर गडतौलालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय गरी ऐ. ऐनको दफा १७ बमोजिम हिनामिना गरेको बिगो रकम निजबाट असुलउपर गरी पाउनसमेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26