जिल्ला बैतडी, जसलिङ्ग प्राथमिक विद्यालयका तत्कालीन शिक्षक/प्रधानाध्यापक महानन्द कपाडी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज कपाडी र स्रोत व्यक्ति हरिनाथउपर बिगो रु. ८१,९००।– कायम गरी सरकारी रकम हिनामिना गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०३।२९ गते ।
-------------------------------------------------

जिल्ला शिक्षा कार्यालय वैतडीका तत्कालीन जिल्ला शिक्षा अधिकारी, पूर्व जि.शि.अ., स्रोतव्यक्तिसमेतको मिलेमतोमा जशलिङ्ग प्रा.बि. शिक्षक महानन्द कपाडी कर्तब्य ज्यान मुद्दामा दोषी ठहर भएपश्चात निजलाई निलम्बन नगरी बिद्यालयबाट पाउने तलब भत्ता सुबिधा प्रदान गरी भ्रष्टचार गरेको हुँदा छानबिन गरीपाउँ भन्ने व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निज महानन्द कपाडीले बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज कपाडी र श्रोतव्यक्ति हरिनाथसमेतको सहमतिमा रु. ८१,९००।–(एकासी हजार नौ सय रुपैयाँ) सरकारी रकम बुझी लिएको देखिन आएको हुँदा जसलिङ्ग प्राथमिक विद्यालयका तत्कालीन शिक्षक/प्रधानाध्यापक महानन्द कपाडी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज कपाडी र स्रोत व्यक्ति हरिनाथले भ्रष्टाचार निवारण ऐन, २०५९ को परिच्छेद २ को दफा १७ बमोजिम कसुर गरेको देखिंदा निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम बिगो रु. ८१,९००।–(त्रियासी हजार एक सय रुपैयाँ) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को दहाय खण्ड (ग) बमोजिम सजाय गरी सोही ऐनको दफा १७ बमोजिम हिनामिना गरेको बिगो असुलउपर गरी पाउन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26