नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक पदमा कार्यरत रमेश बहादुर सिंहउपर नागरिकता तथा शैक्षिक योग्यताको प्रमाणपत्रमा जन्म मिति सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०३।३० गते ।
-------------------------------------------------

हाल नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक पदमा कार्यरत रमेश बहादुर सिंहले नेपाल प्रहरीको प्रहरी निरीक्षक पदमा दरखास्त गर्न जिल्ला प्रशासन कार्यालय, बझाङबाट निकालेको नेपाली नागरिकताको प्रमाण-पत्रमा उल्लिखित जम्म मिति सच्चाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट प्रतिलिपिसमेत लिएको भन्ने उजुरी उपर अनुसन्धान हुँदा निज रमेश बहादुर सिंहले राष्ट्रसेवक नेपाल प्रहरीको (प्रहरी निरीक्षक) ओहदा प्राप्त गर्न जिल्ल प्रशासन कार्यालय, बझाङबाट प्राप्त नेपाली नागरिकताको प्रमाण र शैक्षिक योग्यताका प्रमाण-पत्रहरुमा समेत उल्लिखित जन्म मिति सच्चाई ढाँटी झुठ्ठा विवरण उल्लेख गरी प्रहरी प्रधान कार्यालय नक्सालबाट विज्ञापन भएको प्रहरी निरीक्षक पद ओहदाको लागि दरखास्तसाथ पेश गरी सरकारी लाभ सुविधा लिई तत्कालीन भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) विपरीतको कसुर गरेको पुष्टि भएकोले निज रमेश बहादुर सिंहलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26