जिल्ला प्रशासन कार्यालय, काठमाडौंका नायव सुब्बा लक्ष्मण रायमाझी र लेखापढी ब्यवसाय गर्ने खेमराज सापकोटाउपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०३।३० गते ।
-------------------------------------------------

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा लेखापढी ब्यवसाय गर्ने (ढकाल एण्ड सापकोटा सर्भिसेज) खेमराज सापकोटाले सेवाग्राहीलाई काठमाडौंबाट धनकुटा जाने प्रयोजनको लागि सवारी पास बनाई दिने भनि घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवम् उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज लेखापढी ब्यवसायी खेमराज सापकोटालाई रु.३,०००/- (तीन हजार) घुस/रिसवत बापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको सिलसिलामा सेवाग्राही सवारी पास लिने प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालय काठमाडौ जाँदा खेमराज सापकोटाले सवारी पास बनाई दिन्छु भनी डाकी लिई गई जिल्ला प्रशासन कार्यालय, काठमाण्डौमा कार्यरत नायव सुब्बा लक्ष्मण रायमाझीलाई फोन गरी काम छिटो छरितो गरी दिन्छु भनी सेटिङ्ग मिलाई नायव सुब्बा लक्ष्मण रायमाझीलाई दिनको लागि भनी घुस/रिसवतवापतको रु.३,०००।- (तीन हजार) लिएकोमा नायव सुब्बा लक्ष्मण रायमाझीलाई दिन नपाउदै उक्त घुस/रिसवत वापतको रु.३,०००।- (तीन हजार) सहित निज खेमराज सापकोटा पक्राउ परी निज खेमराज सापकोटाले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) को कसुर भएको सप्रमाण पुष्टि हुन आएको हुँदा निज लेखापढी ब्यवसायी खेमराज सापकोटालाई बिगो रु.३,०००।- (तीन हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) मा उल्लेख भए बमोजिम ऐ. दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदाबी लिइएको छ । 

जिल्ला प्रशासन कार्यालय, काठमाण्डौंका नायव सुब्बा लक्ष्मण रायमाझीले आरोपित खेमराज सापकोटासँगको मिलेमतो, संलग्नतामा सवारी पास वितरणमा सहजीकरण गरी घुस/रिसवत लिने मनसायले नै सेवाग्राही तथा आरोपितसँग टेलिफोनमा सम्पर्क गरी गेटका सुरक्षाकर्मीबाट सम्पादन हुने गरेको निवेदन संकलन, पास बितरण लगायतका कामको लागि आफू स्वयं कार्यालयको गेटमा आई निवेदन लिई गई सवारी पास आफैले लेखी दस्तखत गराई तयार गरी पुनः गेटमा आई सेवाग्राहीलाई फोन गरी गेटमा बोलाई सवारी पास उपलब्ध गराई खेमराज सापकोटालाई भेट्नको लागि पठाई घुस/रिसवत लिन मन्जुर भएकोमा लिन नपाउदै खेमराज सापकोटा घुससहित पक्राउ परेको तथ्य प्रमाणित हुन आई निज राष्ट्रसेवक नायव सुब्बा लक्ष्मण रायमाझीले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको सप्रमाण पुष्टि हुन आएको हुँदा निज लक्ष्मण रायमाझीलाई बिगो रु.३,०००।-(तीन हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26