जलश्रोत तथा सिंचाई विकास डिभिजन, बाराका सव-इन्जिनियर गजेन्द्र प्रसाद जायसवालउपर बिगो रु. ८०,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७७।०५।०२ गते।
------------------------------------------

जलश्रोत तथा सिंचाई विकास डिभिजन, बाराका सव-इन्जिनियर गजेन्द्र प्रसाद जायसवालले नदी तटबन्धको जाली लगाउने कार्य सम्पन्न पश्चात रकम भुक्तानी गरिदिए बापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटि गएको टोलीले निज सव-इन्जिनियर गजेन्द्र प्रसाद जायसवाललाई रु. ८०,०००/- (असी हजार) घुस/रिसवत बापतको रकमसहित नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा जलश्रोत तथा सिंचाई विकास डिभिजन, बाराका सव-इन्जिनियर गजेन्द्र प्रसाद जायसवालले नदी नियन्त्रण योजनाको नापजाँच तथा बिल भरपाई बनाई भुक्तानी दिलाएबापत सेवाग्राहीसँग रु. ८०,०००।- घुस/रिसवत माग गरी अर्को व्यक्तिलाई लिन लगाई भ्रष्टाचारजन्य कसुर गरेको स-प्रमाण पुष्टि हुन आएकोले निज गजेन्द्र प्रसाद जायसवालको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएकोले निज सव-इन्जिनियर गजेन्द्र प्रसाद जायसवाललाई बिगो रु.८०,०००।- (असी हजार मात्र) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

प्रवक्ता
तारानाथ अधिकारी

 

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26