रोशी गाउँपालिका, काभ्रेपलाञ्चोकका इन्जिनियर निर्मल लामा स्याङतानसहित ३ जना उपर बिगो रु. ७,८४,४४६।३४ कायम गरी सरकारी रकम हिनामिना गरी भ्रष्टाचार गरेको सम्बन्धमा आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०६।२९ गते ।
-------------------------------------------------

       श्री हिमालय मा.वि. रोशी-६, काभ्रेपलाञ्चोकमा जिल्ला शिक्षा कार्यालय, काभ्रेपलाञ्चोकबाट बिल्डिङ्ग मर्मतका लागि प्राप्त रकम काम नगरी झुठ्ठा विवरण पेश गरी झुक्याई मूल्याङ्कन गराई रकम निकासा गरी भ्रष्टाचार गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा रोशी गाउँपालिकाका इन्जिनियर निर्मल लामा स्याङतान, हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक बोधनाथ उप्रेती र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छेवाङ लामासमेतले निर्माणस्थलमा भएको कार्यको एकिन र वास्तविक नापजाँच नगरी नभए नगरेको रु.७,८४,४४६।३४ बराबरको कार्यसमेत नापी किताबमा उल्लेख गरी कार्य सम्पन्न प्रतिवेदन तयार गरी निर्णाणस्थलमा हुँदै नभएको कार्यको उक्त रकमसमेत भुक्तानी लिई निजहरु बोधनाथ उप्रेती, छेवाङ लामा र निर्मल लामा स्याङतानले सरकारी रकमको हिनामिना,  हानिनोक्सानी र दुरुपयोग गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ र दफा १९ को उपदफा (२) बमोजिम कसुर गरेको देखिंदा बिगो रु.७,८४,४४६।३४ (अक्षेरुपी सात लाख चौरासी हजार चारसय छ्यालीस रुपैँया चौतीस पैसा) कायम गरी निजहरु बोधनाथ उप्रेती, छेवाङ लामा र निर्मल लामा स्याङतान तीनै जनालाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १७ मा उल्लेख भएबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय गरी हिनामिना हानिनोक्सानी गरेको बिगो रकम निजहरुबाटै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम असुल उपर गरी हुँदै नभएको काम भएको भनी गलत नापी किताव तथा कार्य सम्पन्न प्रतिवेदन तयार गरी प्रमाणित गर्ने यी तीनैजना आरोपितहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिम समेत सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।


प्रवक्ता
तारानाथ अधिकारी

Download
  

Other Press Release

जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
जिल्ला कालिकोट, महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, वडा अध्यक्षसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
जिल्ला हुम्ला, चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, इन्जिनियर, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानु उपर अध्यापन अनुमति पत्र नक्कली सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल उपर बिगो रु.२३,७५,४६,३२४।५७ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21