नेपाल टेलिकम, केन्द्रीय स्टोरअन्तर्गत थानकोट स्टोरमा कार्यरत बरिष्ठ सहायक रामचन्द्र लामिछाने उपर बिगो रु. ८६,८८,१३२।९१ कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धमा आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०६।२९ गते ।
-------------------------------------------------

नेपाल टेलिकम, वायरलाइन तथा ग्राहक सेवा निर्देशनालय, छाउनीबाट गरिएको Scrap Dismantle Battery लिलाम कार्यमा अनियमितता गरिएको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन समयमा नेपाल टेलिकम, केन्द्रीय स्टोरअन्तर्गत थानकोट स्टोरमा कार्यरत बरिष्ठ सहायक रामचन्द्र लामिछानेले नेपाल टेलिकमको बोलपत्र अन्तर्गत Scrap Dismantle Battery को लिलामी समाप्त भएपश्चात नेपाल टेलिकमका बिभिन्न कार्यालयहरुबाट थानकोट स्टोरमा भण्डार गरी राखेको सार्वजनिक संस्थाको सम्पत्ति ९७९ थान Dismantle Battery को हुन आउने बिगो रु. ८६,८८,१३२।९१ (छयासी लाख अठासी हजार एक सय बत्तीस रुपैयाँ एकानब्बे पैसा)  हिनामिना, हानिनोक्सानी गरी निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुर गरेको निर्बिवाद पुष्टि हुन आएकोले निजले आफूलाई गैरकानूनी लाभ पुर्‍याउने र नेपाल टेलिकमलाई हानिनोक्सानी पुर्‍याउने कार्य गरेको देखिंदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ज) बमोजिम सजाय गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम हानिनोक्सानी बिगो रकम निज रामचन्द्र लामिछानेबाट असुल उपर गरी पाउनसमेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।


प्रवक्ता
तारानाथ अधिकारी

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26