बेलकोटगढी नगरपालिकाको कार्यालयमा करार सेवामा कार्यरत इन्जिनियर पर्वत पौडेल उपर बिगो रु.७५,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७७।०८।१७ गते ।
----------------------------------------------------
जिल्ला नुवाकोट, बेलकोटगढी नगरपालिकामा कार्यरत इन्जिनियर (करार) पर्वत पौडेलले घर निर्माण सम्पन्नको प्रमाण-पत्र दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीद्वारा निज पर्वत पौडेलले सेवाग्राहीसँग रु. ७५,०००।– (पचहत्तर हजार) माग गरी होटल व्यवसाय गर्ने नारायणप्रसाद भट्टलाई लिन लगाई निज नारायणप्रसाद भट्टले लिएको अवस्थामा उक्त घुस रकमसहित दुवै जनालाई नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको सिलसिलामा बेलकोटगढी नगरपालिकाको कार्यालयमा करार सेवामा कार्यरत इन्जिनियर पर्वत पौडेलले अदुवाबारी खानेपानी योजनाको अन्तिम बजेट निकाशा गरिदिएबापत र निर्माण सम्पन्न घरको घर निर्माण स्थायी ईजाजत पत्र दिएबापत घुस/रिसवत लिएको तथ्य पुष्टि हुन आएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको हुँदा निज पर्वत पौडेल उपर बिगो रू. ७५,०००/- (पचहत्तर हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
तारानाथ अधिकारी

 

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26