जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रामग्राम नगरपालिका वडा नं. १४ का लेखन्दास रबिन्द्र प्रसाद यादव उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७७।०९।०९ गते ।
----------------------------------------------------

सरकारी साक्षीको रुपमा पेश गरिएका जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रामग्राम नगरपालिका वडा नं. १४ का लेखन्दास रबिन्द्र प्रसाद यादवले वादी नेपाल सरकार प्रतिवादी गोपाल डिस्वा मगरसमेत भएको घुस/रिसवत मुद्दामा विशेष अदालतमा बकपत्र गर्दा आयोगमा दिएको बयान व्यहोरा प्रतिकूल हुने गरी बकपत्र गरेको भन्नेसमेत व्यहोराको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा निज लेखन्दास रबिन्द्र प्रसाद यादवले सेवाग्राही र वडा अध्यक्ष गोपाल डिस्वा मगरबीच रकमको वार्गेनिङ गरी/गर्न लगाई दुवै पक्षलाई घुस/रिसवतवापतको रकम रू.२,००,०००/- लेनदेन गर्न दुरुत्साहन दिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (४) को कसुर अपराध गरेको देखिए तापनि निज लेखन्दास रबिन्द्र प्रसाद यादवले बयानको क्रममा सेवाग्राही र गोपाल डिस्वा मगरबीच रकमको बार्गेनिङ भई घुस/रिसवतवापत रू.२,००,०००/- लेनदेन गर्ने भन्ने दुवैबीच सहमति भएको तथ्य खुलाई अनुसन्धानको काम कारवाहीमा सहयोग गरेको हुँदा निजसमेत उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम सजायको मागदावीमा पूर्ण छुट दिई सरकारी साक्षीको रुपमा प्रस्तुत गर्ने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट मिति २०७६/०९/२७ मा निर्णय भई सोहीअनुसार निज रबिन्द्र प्रसाद यादवउपर मुद्दा नचलाई सरकारी साक्षीको रूपमा प्रस्तुत गरिएकोमा निज रबिन्द्र प्रसाद यादवले सम्मानित विशेष अदालतमा बकपत्र गर्दा झुठ्ठा एवं कपोलकल्पित व्यहोरा लेखाई अनुसन्धानका क्रममा गरेको सहयोग प्रतिकुल हुने गरी बकपत्र गरेको देखिएबाट निज रबिन्द्र प्रसाद यादवउपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ को प्रतिवन्धात्मक वाक्यांशको प्रावधानबमोजिम पुन:मुद्दा दायर गर्नुपर्ने देखिएको हुँदा आरोपित गोपाल डिस्वा मगर र निबेदकबीच निबेदकको नाता प्रमाणित, घरगोठ बाटो प्रमाणित र सेवाटहल तथा औषधि उपचारको सिफारिस उपलव्ध गराउने प्रयोजनका लागि रकमको बार्गेनिङ गरी/गर्न लागाई दुवै पक्षलाई घुस/रिसवतवापतको रकम रू.२,००,०००/- लेनदेन गर्न दुरूत्साहन गरेकोले निज रबिन्द्र प्रसाद यादवले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (४) को कसुर अपराध गरेको देखिँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ को प्रतिवन्धात्मक वाक्यांशको प्रावधानबमोजिम बिगो रू.२,००,०००/- (दुई लाख) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (४) मा उल्लेख भएबमोजिम निज रबिन्द्र प्रसाद यादव राष्ट्रसेवकभन्दा वाहेक अन्य व्यक्ति भएको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम हुने सजायको आधा सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
तारानाथ अधिकारी

 

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29