राष्ट्रिय बाणिज्य बैंक, शाखा कार्यालय, त्रिभुवनचोक नेपालगञ्जका तत्कालीन प्रबन्धक ललित बहादुर शाहीसहित ८ जना उपर गैरकानूनी लाभ तथा हानी गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७७।०९।१४ गते ।
----------------------------------------------------
 
जिल्ला बाँके नेपालगञ्ज उपमहानगरपालिका त्रिभुवनचोकस्थित रहेको राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालयबाट कर्मचारी र धितो मूल्याङ्कनकर्ता समेतको मिलेमतोमा सरकारी कागज किर्ते बनाई ऋण प्रवाह गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निम्न व्यक्तिहरुले किर्ते कागजहरुको आधारमा किर्ते धितो मूल्याङ्कन गरी उक्त कागजातहरु राष्ट्रिय बाणिज्य बैक त्रिभुवनचोक शाखामा पेश गरी कर्जा लिने कार्य गरी गैरकानूनी लाभ वा हानी पुर्‍याउने, सरकारी कागज किर्ते गर्ने, गलत लिखत र प्रतिवेदन तयार गरी सरकारी सम्पत्तिको हानिनोक्सानी गरी गराई भ्रष्टाचार गरेको पुष्टि हुन आएको हुँदा देहायबमोजिमको व्यक्तिहरुको हकमा देहायबमोजिमको कसुरमा सजायको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
निम्न:
सि.नं. नामथर कार्यालय बिगो रु. कसुर तथा सजायको मागदाबी
 तत्कालीन प्रबन्धक ललित बहादुर शाही राष्ट्रिय बाणिज्य बैंक, शाखा कार्यालय, त्रिभुवनचोक नेपालगञ्ज रु.१,२५,००,०००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा दफा ९, दफा १७ र दफा १९ को उपदफा (२) को कसुरमा सोही ऐनको दफा ९, दफा ३ को उपदफा (१) को देहाय (झ), र दफा १९ को उपदफा (२) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।
सहायक (नगद) कल बहादुर ओली क्षेत्री राष्ट्रिय बाणिज्य बैंक, शाखा कार्यालय, त्रिभुवनचोक नेपालगञ्ज रु.१,२५,००,०००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा दफा ९, दफा १७ र दफा १९ को उपदफा (२) को कसुरमा सोही ऐनको दफा ९, दफा ३ को उपदफा (१) को देहाय (झ), र दफा १९ को उपदफा (२) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।
तत्कालीन उपप्रमुख होताराम योगी राष्ट्रिय बाणिज्य बैंक, कर्णालीप्रदेश कार्यालय सुर्खेत रु.१,२५,००,०००।-  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा १७ को कसुरमा सोही ऐनको दफा ९ र दफा ३ को उपदफा (१) को देहाय (झ) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।
 सहायक (नगद) प्रिन्सी गुप्ता राष्ट्रिय बाणिज्य बैंक, शाखा कार्यालय, त्रिभुवनचोक नेपालगञ्ज रु.१,२५,००,०००।-  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा दफा ९, दफा १७ र दफा १९ को उपदफा (२) को कसुरमा सोही ऐनको दफा ९, दफा ३ को उपदफा (१) को देहाय (झ), र दफा १९ को उपदफा (२) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।
रिजवान अहमद जसगढ   रु.१,२५,००,०००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन मागदाबी लिने ।
सकिना जसगढ   रु.७५,००,०००।-  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।
फहमिदा बानो जसगढ   रु.१,२५,००,०००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।
सूचीकृत धितो मुल्यांकनकर्ता कर्ण बहादुर के.के. राष्ट्रिय बाणिज्य बैंक, शाखा कार्यालय, त्रिभुवनचोक नेपालगञ्ज  रु.१,२५,००,०००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) र दफा १९ को उपदफा (२) को कसुरमा सोही ऐनको दफा ८ को उपदफा (४) र दफा १९ को उपदफा (२) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।

 

 
प्रवक्ता
तारानाथ अधिकारी

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26