सव-डिभिजन वन कार्यालय, तारानगर कैलालीका रेन्जर (अधिकृत छैठौं) राम औतार चौधरीसमेत २ जना उपर बिगो रु. ८०,०००।- कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।



प्रेस विज्ञप्ति:- मिति २०७७।१२।१० गते ।
--------------------------------------------

सव-डिभिजन वन कार्यालय, तारानगर, कैलालीले ट्रयाक्टरका चालकसहित काठ बरामद गरेको सन्दर्भमा उक्त काठको मुद्दा मिलाइदिन्छु भनी सोही कार्यालयका रेन्जर राम औतार चौधरीले  सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिई गएको टोलीले निज रेन्जर राम औतार चौधरीलाई उक्त रकम दिनका लागि बिचौलियाको भूमिका निर्वाह गर्ने सीताराम सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष राम प्रसाद रानालाई सेवाग्राहीसँग रु. ८०,०००।–  (असी हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा सव-डिभिजन वन कार्यालय, तारानगर कैलालीका रेन्जर (अधिकृत छैठौं) राम औतार चौधरीले सेवाग्राहीको मुद्दामा सहजीकरण गरिदिने प्रयोजनार्थ रु. ८०,०००।– घुस/रिसवत माग गरेको पुष्टि हुन आई निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको हुँदा निज राम औतार चौधरीलाई बिगो रु. ८०,०००।– (असी हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम सजाय हुन र राम प्रसाद राना सीताराम सामुदायिक वन उपभोक्ता समितिको पदमा बहाल रहेको तथा निजले राम औतार चौधरीको लागि घुस/रिसवतवापतको रु. ८०,०००।– लिएको पुष्टि हुन आएको हुँदा निजले समेत भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको पुष्टि भएकोले निज राम प्रसाद रानालाई बिगो रु. ८०,०००।– (असी हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३५ को उपदफा (१) बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
नारायण प्रसाद रिसाल

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26