साविक राम जनता आधारभूत बिद्यालय, सर्लाहीका तत्कालीन प्रधानाध्यापक राम लखन चौधरी र शिक्षक रबिन्द्र नाथ चौधरीउपर नक्कली अध्यापन अनुमतिपत्र सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७८।०५।०९ गते।
------------------------------------------

राम जनता आधारभूत बिद्यालयमा पि.सि.एफ. शिक्षकको रुपमा कार्यरत रविन्द्र नाथ चौधरीले नक्कली अध्यापन अनुमति पत्र पेश गरी अध्यापन गराएको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन सोही बिद्यालयका प्रधानाध्यापक राम लखन चौधरीको मिलेमतोमा निजले नक्कली स्थायी अध्यापन अनुमतिपत्र बनाई झुठ्ठा प्रमाणपत्र पेश गरी राम जनता आधारभूत बिद्यालय, चन्द्रनगर ३, बड्कुर्वा सर्लाही (साविक राम जनता निम्न माध्यमिक बिद्यालय बबरगञ्ज २, सर्लाही) मा अध्यापन गराएको स-प्रमाण पुष्टि भएकोले निज रविन्द्र नाथ चौधरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद सजाय हुन मागदाबी लिइएको छ ।

साथै, राम लखन चौधरीले आफू प्रधानाध्यापक रहेकै समयमा रविन्द्र नाथ चौधरीलाई नक्कली स्थायी अध्यापन अनुमतिपत्र बनाउन मतियारको भूमिका निर्वाह गरी पि.सि.एफ.  शिक्षकको हैसियतमा नियुक्ति दिएको स-प्रमाण पुष्टि भएकोले निज राम लखन चौधरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा(१) को कसूरको मतियार भई ऐ. ऐनको दफा २२ बमोजिमको कसूरमा सोही ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांशबमोजिम कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

प्रवक्ता
नारायण प्रसाद रिसाल

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29