जिल्ला दाङ, सल्लेरी सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन अध्यक्ष दिपक घर्तीसमेत ३ जना उपर बिगो रु. ४,५२,२६५।– कायम गरी गैरकानूनी लाभ तथा हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७८।०६।०४ गते।
------------------------------------------

जिल्ला दाङ, राजपुर गाउँपालिका वडा नं. ७ स्थित सल्लेरी सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीहरुसमेतले समुहको कोषको रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा सल्लेरी सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन अध्यक्ष दिपक घर्ती, कोषाध्यक्ष पुर्ण बहादुर घर्ती र सचिव निमा चौधरीसमेतले सामुदायिक वन विकास कार्यक्रमको मार्गदर्शन, २०७१ को बिधान कार्ययोजना बिपरीत बाटो निर्माण, कुलो, चर्पी निर्माण, होटेलबाँस, खानानास्ता लगायत सम्पूर्ण कार्यक्रमहरुको खर्च बिबरण तथा बिल भरपाईसमेत नदेखाई बदनियतपूर्ण ढंगले रु.४,५२,२६५/- खर्च देखाई सार्बजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि हुन आएको हुँदा तत्कालीन अध्यक्ष दिपक घर्ती, तत्कालीन सचिव निमा चौधरी र कोषाध्यक्ष पूर्ण बहादुर घर्तीसमेतलाई रु.४,५२,२६५।- (चार लाख बाउन्न हजार दुई सय पैसठ्ठी रुपैयाँ) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८  को उपदफा ४ बमोजिम सजाय हुनका साथै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ४ बमोजिमको उक्त बिगो रकम निजहरुबाट जफत हुन समेत मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

प्रवक्ता
नारायण प्रसाद रिसाल

 

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26