मालपोत कार्यालय, डिल्लीबजार, काठमाडौंमा कार्यरत कार्यालय सहयोगी (पाँचौ तह) होमनाथ खतिवडा घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७९।०७।०४ गते ।
----------------------------------------------------

मालपोत कार्यालय, डिल्लीबजार, काठमाडौंमा कार्यरत कार्यालय सहयोगी (पाँचौ तह) होमनाथ खतिवडाले मोही लगत कट्टा गर्नका लागि सेवाग्राहीसँग रु.५,०००।–दिनुपर्छ भनी घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज कार्यालय सहयोगी होमनाथ खतिवडालाई सेवाग्राहीबाट रु.५,०००।- (पाँच हजार रुपैयाँ) घुस/रिसवत वापतको रकम लिइसकेको अवस्थामा निजलाई खानतलासी गर्दा स्रोत नखुलेको रु.३,१८,६००।– (तीन लाख अठार हजार छ सय रुपैयाँ) र रु.७,५०,०००।–(सात लाख पचास हजार रुपैया) को चेकसहित कार्यालय परिसरबाट मिति २०७९।०७।०४ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।  

 प्रवक्ता
श्याम प्रसाद भण्डारी

Download Download