श्री सिद्धि गणेश माध्यमिक विद्यालय गागलफेदी, काठमाडौंका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राज कुमार थापा र सोही बिद्यालयका प्रधानाध्यापक बुद्धि बिलास धिताल घुस रकमसहित नियन्त्रणमा।


प्रेस विज्ञप्ति:- मिति २०८०।०३।२६ गते ।
----------------------------------------------------

 श्री सिद्धि गणेश माध्यमिक विद्यालय गागलफेदी, काठमाडौंका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राज कुमार थापा र सोही बिद्यालयका प्रधानाध्यापक बुद्धि बिलास धितालले शिक्षक छनौट प्रक्रियामा पेश गरेको सक्कल कागजात फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निजहरु अध्यक्ष राज कुमार थापा र प्रधानाध्यापक बुद्धि बिलास धिताललाई सेवाग्राहीबाट रु. १६,०००।– (सोह्र हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा न.पा. वडा नं. १, गागलफेदी बसपार्कबाट मिति २०८०।०३।२६ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

 
सहायक प्रवक्ता
देवी प्रसाद थपलिया

Download Download