जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिकास्थित यातायात व्यवस्था कार्यालय, हेटौंडामा कार्यरत अधिकृत छैटौं अमृत भेटुवालसमेत २ जना घुस रकमसहित नियन्त्रणमा।
प्रेस विज्ञप्ति:- मिति २०८२।११।१२ गते ।
----------------------------------------------------
जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिकास्थित यातायात व्यवस्था कार्यालय, हेटौंडामा कार्यरत अधिकृत छैटौं अमृत भेटुवालले सवारी सरुवा सहमति गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिई गएको टोलीले बिचौलिया लेखापढी व्यवसायी खगेन्द्र पौडेलले सेवाग्राहीबाट रु. ११,५००।– (एघार हजार पाँच सय रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं. ११ स्थित यातायात व्यवस्था कार्यालयबाट मिति २०८२।११।१२ गते निजहरु दुवै जनालाई ३ थान मोबाइल सेटसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
प्रवक्ता
सुरेश न्यौपाने
प्रेश बिज्ञप्ति
प्रेश बिज्ञप्ति
Tweet
Other Press Release
|
जिल्ला महोत्तरी, सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव घुस/रिसवत रकमसहित नियन्त्रणमा।
2026/05/23 |