जिल्ला कपिलबस्तु, विजयनगर गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष तिलकराम कंडेलसमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०५।०१ गते।
------------------------------------------

जिल्ला कपिलवस्तु, साविक पत्थरदेइया गाउँ विकास समिति वडा नं. ८ हाल बिजयनगर गाउँपालिका वडा नं. ४ का वडाध्यक्षले बिजयनगर गाउँपालिकालाई बुझाउनुपर्ने शंकरपुर ताल ठेक्काको रकम ठेकेदारबाट लिई उक्त रकम गाउँपालिकालाई नबुझाई आफै हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा विजयनगर गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष तिलकराम कंडेलले शंकरपुर तालको ठेक्कावापतको रकम बिजयनगर गाउँपालिकाको खातामा जम्मा नगरी आफैले लिईखाई सार्वजनिक सम्पत्ति रु.६,१०,०००।- (छ लाख दश हजार) हिनामिना गरेको देखिन आएकोले निज विजयनगर गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष तिलकराम कंडेलले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर गरेकोमा ऐ.दफा १७ ले निर्देश गरे वमोजिम निजलाई उल्लिखित कसुरमा विगो रु.६,१०,०००।- (छ लाख दश हजार) कायम गरी सोही ऐनको दफा  ३(१)(ङ) वमोजिम कैद सजाय गरी ऐ. ऐनको दफा ३(१) बमोजिम जरिवाना हुन मागदाबी लिइएको छ।

साविक पत्थरदेइया गाउँ विकास समितिको कार्यालयबाट शंकरपुर तालको ठेक्का कार्यमा पत्थरदेईया गाउँ विकास समितिको कार्यालयका तत्कालीन गा.वि.स. सचिव कृष्ण कुमार चौधरी  र ठेकेदार सेराज महम्मद विच सम्झौता भएकोमा ठेक्का सम्झौता बमोजिमको रकम दाखिला नभएको र हालसम्म पनि रु.२,७०,०००।- रकम बिजयनगर गाउँपालिकाको खातामा जम्मा हुन बाँकी नै रहेको पाईदा सो ठेक्का सम्झौतामा सहीछाप गर्ने साविक पत्थरदेइया गाउँ विकास समितिका सचिव कृष्ण कुमार चौधरीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर गरेकोमा ऐ. दफा १७ ले निर्देश गरे वमोजिम निजलाई उल्लिखित कसुरमा विगो रु.२,७०,०००।-(दुई लाख सत्तरी हजार) कायम गरी ऐ.ऐनको ३(१)(घ) वमोजिम कैद सजाय गरी ऐ.ऐनको दफा ३(१) अनुसार बिगो बमोजिम जरिवाना गरी ऐ. ऐनको दफा १७ बमोजिम हानिनोक्सानी भएको विगोसमेत असुल उपर हुन। साथै, ठेकेदार सेराज महम्मदबाट हालसम्म पनि उक्त शंकरपुर तालको ठेक्का सम्झौता अनुसार बुझाउन बाँकी रकम रु.२,७०,०००।- दाखिला नगरी ठेक्का सम्झौता अनुसारको शर्त पालना नगरी र नेपाल सरकारलाई गैरकानूनी हानि पुर्‍याउने बदनियतपूर्वक कार्य गरेको देखिएको हुँदा निज ठेकेदार सेराज महम्मदलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा(४) बमोजिमको कसुरमा बिगो रु.२,७०,०००।- (दुई लाख सत्तरी हजार) लाई कायम गरी निजलाई ऐ.ऐनको दफा ८ (४) बमोजिम नै कसुरको मात्राअनुसार कैद वा बिगो बमोजिम जरिवाना गरी बिगोसमेत जफतको सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 

प्रवक्ता
भोला दाहाल

Download Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26