जिल्ला सप्तरी, विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादव, लेखापाल टेक नारायण यादवसमेत ३ जनाउपर बिगो रु.५,००,०००।- कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०५।१९ गते।
------------------------------------------
 
जिल्ला सप्तरी, विष्णुपुर गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालय, विष्णुपुरमा कार्यरत लेखापाल टेक नारायण यादवले सोलार बत्ती जडान लगायत योजनाको भुक्तानी बापत सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले निज लेखापाल टेक नारायण यादव र एम.आई.एस. अपरेटर विरेन्द्र कुमार यादवलाई सेवाग्राहीबाट नगद रु.२,००,०००।– (दुई लाख रुपैयाँ) घुस/रिसवत बापतको रकम लिइसकेको अवस्थामा उक्त रकम र रु.३,००,०००।–(तीन लाख रुपैयाँ) को चेकसहित मिति २०८०।०४।३१ गते नियन्त्रणमा लिएको थियो।
 
अनुसन्धानको सिलसिलामा जिल्ला सप्तरी, विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादव, लेखापाल टेक नारायण यादव र एम.आई.एस. अपरेटर विरेन्द्र कुमार यादवसमेतको आपसी मिलोमतो तथा योजनामा विष्णुपुर गाउँपालिका अन्तर्गत सोलार बत्ती जडान कार्य लगायत आयोजनाहरुको कार्य सम्पन्न पश्चात गाउँपालिकाबाट रकम भुक्तानी गरेवापत सेवाग्राहीसँग नगद रु.२,००,०००।–(दुई लाख रुपैयाँ) र चेकमार्फत रु.३,००,०००।–(तीन लाख रुपैयाँ) समेत गरी जम्मा रु.५,००,०००।- (पाँच लाख रुपैयाँ) घुस/रिसवत रकम लिई लिन लगाएको पुष्टि भएको हुँदा निजहरु उमेश प्रसाद यादव, टेक नारायण यादव र विरेन्द्र कुमार यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु.५,००,०००।- (पाँच लाख रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 
 
प्रवक्ता
भोला दाहाल

Download Download
  

Other Press Release

काठमाडौं उपत्यका विकास प्राधिकरण अनामनगर, काठमाडौंका तत्कालीन विकास आयुक्त डा. भाइकाजी तिवारी र तत्कालीन शाखा अधिकृत (करार) याम कुमार कार्की उपर गलत लिखत तयार गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/04/17
काठमाडौं उपत्यका विकास प्राधिकरण अनामनगर, काठमाडौंका तत्कालीन विकास आयुक्त भाइ काजी तिवारी उपर बिगो रू.१०,५४,९५,८७१/३९ कायम गरी गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/04/16
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, लुम्बिनी प्रदेशका तत्कालीन सचिव बैकुण्ठ अधिकारीसमेत १८ जना र Mega Minds Architects and Structure Pvt. Ltd. उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/04/15
जिल्ला दैलेख, गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दिपक कुमार आचार्यसमेत २ जना र आर.के. कन्स्ट्रक्सन, सुर्खेत उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/04/13
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र कास्कीका तत्कालीन प्रशासन अधिकृत (आठौँ) शंकर थापासमेत ३ जना उपर गलत लिखत तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/04/10
प्रतिनिधि सभाका पूर्व सभामुख कृष्ण बहादुर महरा, त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेलसमेत २८ जना र DEXTER TRAVELS AND TOURS PVT.LTD उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/04/09