जिल्ला सुनसरी, नेपाल बिद्युत प्राधिकरण, ईनरुवा वितरण केन्द्रमा कार्यरत फोरम्यान विर्जु कुमार महतो घुस रकमसहित नियन्त्रणमा।


प्रेस विज्ञप्ति:- मिति २०८०।०५।१९ गते ।
----------------------------------------------------

जिल्ला सुनसरी, नेपाल बिद्युत प्राधिकरण, ईनरुवा वितरण केन्द्रमा कार्यरत फोरम्यान विर्जु कुमार महतोले उद्योगमा बिद्युत क्षमताबृद्धि गरिदिए वापत सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले निज विर्जु कुमार महतोलाई सेवाग्राहीबाट रु.२५,०००।– (पच्चीस हजार रुपैयाँ) घुस/रिसवत बापतको रकम लिइसकेको अवस्थामा उक्त रकमसहित जिल्ला सुनसरी, ईनरुवा नगरपालिका वडा नं. ३ अन्तर्गतबाट आज मिति २०८०।०५।१९ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।


प्रवक्ता 
भोला दाहाल

Download Download
  

Other Press Release