चन्द्रपुर नगरपालिका, रौतहटका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सिग्देल र लेखा अधिकृत/राजस्व शाखा प्रमुख किर्तिराज सुवेदीसमेत ३ जना उपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०७।१६ गते।
------------------------------------------
 
जिल्ला रौतहट, चन्द्रपुर नगरपालिकासमेतले आशिक कन्स्ट्रक्सनसँगको मिलेमतोमा उक्त नगरपालिका अन्तर्गत पर्ने चाँदी नदीको नदीजन्य पदार्थ उत्खनन एवं बिक्री गर्न लगाएको बोलपत्र नं. १८/०७७/०७८ समेतको ठेक्कामा अनियमित तवरले नदीजन्य पदार्थ उत्खनन गरी राजस्व छली गरेको भन्ने उजुरी निवेदन सम्वन्धमा अनुसन्धान हुँदा चन्द्रपुर नगरपालिका, रौतहटले आ.व. २०७७/०७८ मा ठेक्का नं. १८/०७७/०७८, चाँदी नदीको राजमार्ग दक्षिण नदीजन्य पदार्थ बिक्री-राजपैडादेखि नयाँ बस्ती मोतिपुरसम्मको ठेक्कामा आशिक कन्स्ट्रकसन रौतहटसँग सम्झौता गर्दा तोकिएको नगद तथा बैक जमानत पेश नगरी नलिई मूल्य अभिबृद्धि करसमेत दाखिला नगरी/नगराई रु.१५,६८,०००।- (पन्ध्र लाख अठ्सठ्ठी हजार रुपैयाँ) बराबरको घटि राजस्व रकम असुल गरी राजस्व चुहावट गरी/गराई भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि भएको हुँदा उक्त कसुरमा संलग्न प्रतिवादीहरु उपर देहाय बमोजिमको सजाय हुन मागदावी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। क्रमश...
 
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
 प्रवक्ता
भोला दाहाल

Download Download
  

Other Press Release

मधेश प्रदेश, आर्थिक मामिला तथा योजना मन्त्रालयका (प्रदेश अर्थ मन्त्रालय, जनकपुरधाम) तत्कालीन मन्त्री विजय कुमार, बागमती नगरपालिकाका तत्कालीन नगरप्रमुख भरत कुमार थापा, उप-प्रमुख लीला कुमारी मुक्तानसमेत ८ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना/हानी नोक्सानी/दुरुपयोग गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/18
सूचना तथा सञ्चार मन्त्रालयका तत्कालीन मन्त्री एवं हाल प्रतिनिधि सभाका सांसद मोहन बहादुर बस्नेत, दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासमेत १६ जना र कम्पनी उपर बिगो रु.३,२१,८३,७७,१८२।– कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/15
जिल्ला कालिकोट, पलाता गाउँपालिकाका तत्कालीन अध्यक्ष लक्ष्मण बहादुर बम, उपाध्यक्ष दाना न्यौपानेसमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/14
डाक्नेश्वरी नगरपालिका, सप्तरीका प्रमुख प्रशासकीय अधिकृत रामकिसुन यादवसमेत ८ जना र जि.एस. निर्माण सेवा उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/14
खैरहनी माध्यमिक विद्यालय, चितवनमा मा.वि. द्वितीय तहमा कार्यरत शिक्षक गोपाल प्रसाद शर्मा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2025/05/14
जिल्ला हुलाक कार्यालय, बाराका तत्कालीन कार्यालय प्रमुख जयलाल प्रसाद साह कानूसमेत ६ जना उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/13
काठमाडौं उपत्यका विकास प्राधिकरण, दिव्येश्वरी जग्गा एकीकरण आयोजना,भक्तपुरमा कार्यरत सव-इन्जिनियर कुमार पौड्याल उपर गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्वन्धी आरोप पत्र दायर।
2025/05/11