जिल्ला चितवन, खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्मा, इन्जिनियर, चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, सौराहा सेक्टरका तत्कालीन सहायक संरक्षण अधिकृत अभिनय पाठक, उपभोक्ता समितिका अध्यक्षसमेत १२ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०८।०७ गते।
------------------------------------------
 
चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले कुमरोज सामुदायिक वन उपभोक्ता समूहलाई निकुञ्जको कोर ईलाकामा १६ कोठाको लजसहितको भ्यू टावरको निर्माण गर्न सहमति दिएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा कुमरोज मध्यवर्ति सामुदायिक वन उपभोक्ता समितिले पर्यापर्यटनको विकास एवं विस्तारका लागि खैरहनी नगरपालिकाबाट विनियोजन भएको बजेट र समूहको आन्तरिक कोषबाट मध्यवर्ति सामुदायिक वन क्षेत्रमा कंक्रिट मचान निर्माण गर्ने भनी निकुञ्जको सौराहा सेक्टरबाट अनुमति प्राप्त गरी सो अनुमति र ऐन, नियम विपरीत निकुञ्जको कोर एरियामा कंक्रिट मचानभन्दा भिन्न लज होटलको स्वरुप र आकारको 18 कोठे 5 तल्ले विशाल भवन निर्माण गरेको, अन्य प्रयोजनका लागि निशुल्क काठ काटी ढुवानी निकासी गरी लैजान अनुमति लिई सो को दुरुपयोग गरी उक्त भवनमा समेत काठ प्रयोग गरेको, बुढी राप्ति उपभोक्ता समितिले कोर एरियामा वनेको उक्त भवनमा रकम खर्च गरेको, खैरहनी नगरपालिकाले अनुमति लिनु भन्दा अगाडि नै उपभोक्ता समितिसँग सम्झौता गरी निकुञ्जसँग समन्वय नगरी मध्यवर्ति क्षेत्र हो वा होइनसमेत एकिन नगरी निर्माण कार्यको सर्भे, नक्सा र लागत अनुमान तयार एवं स्वीकृत गरी निर्माण कार्य अगाडि बढाएको, सौराहा सेक्टरले आफूले प्रदान गरेको अनुमति र शर्त विपरित कोर एरियामा विशाल भवन निर्माण हुँदासमेत समयमै अनुगमन गरी रोक्का नगरेको कारणबाट कोर एरिया (निकुञ्जको चार किल्लाभित्र) मा निर्मित उक्त भवन प्रयोगविहिन भई भवन निर्माणमा लगानी भएको रकम औचित्यहिन भई सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचारजन्य कार्य गरे गराएको हुँदा सो कार्यमा कार्यालय/संस्था र ब्यक्तिहरुको संलग्नता देखिएकोले देहाय बमोजिमको सजाय हुन मागदाबी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। क्रमश...
 
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
प्रवक्ता
भोला दाहाल

Download Download
  

Other Press Release

बैदेशिक रोजगार बिभाग, ताहाचल, काठमाडौंका नायब सुब्बा हेम बहादुर मस्राङ्गी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/05/08
प्रहरी वृत्त मालीगाउँ काठमाडौंमा कार्यरत प्रहरी नायव निरीक्षक दिनेश राउत उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/05/08
तत्कालीन अर्थ मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, अर्थ मन्त्रालयका तत्कालीन सचिव शंकर प्रसाद अधिकारी, संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन मन्त्रालयका तत्कालीन सचिव महेश्वर न्यौपानेसमेत १३ जना र ठेकेदार कम्पनी M/S CHINA CAMC ENGINEERING CO.LTD उपर सार्वजनिक सम्पत्ति हिनामिना, हानिनोक्सानी तथा दुरूपयोग गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/05/07