नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा अमिन पदमा कार्यरत गोविन्द ढकालउपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।१०।१७ गते।
------------------------------------------
नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का अमिन गोविन्द ढकालले जग्गा नापजाँच गरी लालपूर्जा दिलाउने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट  खटिई गएको टोलीले निज अमिन गोविन्द ढकाललाई सेवाग्राहीबाट रु.४,०००।– (चार हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा मिति २०८०।०९।११ गते नियन्त्रणमा लिइएको थियो।
 
अनुसन्धानको सिलसिलामा नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा अमिन पदमा कार्यरत गोविन्द ढकालले जग्गा नाँपजाँच गरी लालपूर्जा दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवतवापत रु.४,०००।-(चार हजार रुपैयाँ) माग गरी लिएको पुष्टी भएकोले निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर गरेको हुँदा निज गोविन्द ढकाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु.४,०००।– (चार हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदाबी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। 
 
प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

जिल्ला प्रहरी कार्यालय, सुनसरीस्थित सञ्चार शाखामा कार्यरत तत्कालीन प्रहरी सहायक निरीक्षक मुक्त नारायण श्रेष्ठउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/03/10
यातायात व्यवस्था कार्यालय, नेपालगञ्ज, बाँकेका तत्कालीन कार्यालय प्रमुख (उपसचिव) हाल आन्तरिक मामिला तथा कानून मन्त्रालय, लुम्बिनी प्रदेशका सचिव (सह-सचिव) लोक बहादुर सुनारसमेत ११ जना उपर सरकारी कागजात सच्याई परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/02/26
यातायात व्यवस्था कार्यालय, नेपालगञ्ज, बाँकेका तत्कालीन कार्यालय प्रमुख (उपसचिव) हाल आन्तरिक मामिला तथा कानुन मन्त्रालय, लुम्बिनी प्रदेशका सचिव (सह-सचिव) लोक बहादुर सुनारसमेत ३३ जना उपर घुस/रिसवत लिई दिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/02/26
यातायात व्यवस्था कार्यालय नेपालगंज बाँकेका तत्कालीन कार्यालय प्रमुख लोक बहादुर सुनार, उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, लुम्बिनी प्रदेशका तत्कालीन सचिव (सह-सचिव) उमेश ढुङ्गानासमेत ३२ जना उपर गलत लिखत एवं गलत प्रतिवेदन तयार तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/02/26
सर्लाही जिल्ला स्थित सागरनाथ वन विकास परियोजनाका तत्कालीन परियोजना प्रमुख विशाल घिमिरे, बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापासमेत १३ जना उपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/02/11
गोदावरी नगरपालिका, ललितपुरका करार इन्जिनियर पदमा कार्यरत सुबास बिष्ट उपर बिगो रू. १,९७,१०,१५७/६३ कायम गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/02/10