परिवर्तित नाम मिर्चैया १(२०८०) उपर घुस/रिसवत मुद्दामा प्रतिकुल बकपत्र गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।१०।२६ गते।
------------------------------------------
 
आयोगबाट सम्मानीत विशेष अदातलमा दर्ता भएको मुद्दा नं. ०७९-CR-०१५० वादी नेपाल सरकार प्रतिवादी ईलाका प्रहरी कार्यालय मिर्चैया, सिराहाका प्रहरी सहायक निरीक्षक सचिन कुमार भदैसवार भएको घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम सरकारी साक्षीको रुपमा पेश गरिएका परिवर्तित नाम मिर्चैया १(२०८०) ले आयोगका अनुसन्धान अधिकृतसमक्ष गरेको कागजको प्रतिकुल हुने गरी बकपत्र गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा परिवर्तित नाम मिर्चैया १(२०८०) ले वादी नेपाल सरकार प्रतिवादी प्रहरी सहायक निरीक्षक सचिन कुमार भदैसवार भएको भ्रष्टाचार मुद्दा (मुद्दा नं. ०७९-CR-०१५०) मा अनुसन्धानको क्रममा सरकारी साक्षीको रुपमा पेश गरिएकोमा निजले सम्मानित विशेष अदालत, काठमाडौंसमक्ष वकपत्र गर्दा आयोगबाट अनुसन्धानको क्रममा गरिएको वयान व्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि भएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) अन्तर्गतको कसुर भएको हुँदा निज परिवर्तित नाम मिर्चैया १(२०८०) लाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसुरमा निजले घुस वापत दिएको रु.९,०००।- (नौ हजार रुपैयाँ) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। 
 
प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

जिल्ला स्याङ्जा, पुतलीबजार नगरपालिका वडा नं. ७ स्थायी वतन भएका विप्लव पोख्रेलसमेत ३ जना उपर घुस/रिसवत मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/05/26
मणिसंगम माध्यमिक बिद्यालय विनयी त्रिवेणी गाउँपालिका-२, नवलपरासी (ब.सु.पूर्व) मा प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदमा कार्यरत कृष्णबहादुर खन्गाहा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/05/25
जिल्ला जुम्ला, पातारासी गाउँपालिका, वडा नं. १ स्थित गंगा माध्यमिक विद्यालय, पेरे माथाचौरमा कार्यरत शिक्षक भोजराज न्यौपाने उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/05/22
जिल्ला स्याङ्जा, फेदीखोला गाउँपालिका वडा नं. ३ स्थायी वतन भएका दिपक थापाले घुस/रिसवत लिई दिई भ्रष्टाचार गरेको र सम्पत्ति शुद्धीकरण कसुरको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/05/19
मालपोत कार्यालय, भैरहवा रुपन्देहीमा कार्यरत नायव सुब्बा ओम बहादुर खाम्चा उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/05/18