जिल्ला धनुषा, शहीदनगर नगरपालिकाका तत्कालीन नगर प्रमुख उदय कुमार यादव, उपप्रमुख शिला देवी कापर, प्रमुख प्रशासकीय अधिकृत शत्रुघ्न यादवसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।११।२० गते।
------------------------------------------
 
जिल्ला धनुषा, शहीदनगर नगरपालिकाले आ.ब. २०७७।७८ मा स्यानिटरी प्याड खरिद गर्दा  सार्वजनिक खरिद ऐन नियमावलीको पालना नगरी खरीद गरेको तथा गुणस्तरयुक्त नभएको स्यानिटरी प्याड खरीद गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा आ.ब. २०७७।७८ मा जिल्ला धनुषा, शहिदनगर नगरपालिकाले शशर्त अनुदानतर्फको स्यानिटरी प्याड खरीदको लागि मिति २०७७।११।१९ मा रेजा ट्रेडिङ्ग प्रा.लि. सँग खरिद सम्झौता भएकोमा उक्त खरीद सम्झौता गर्नु अघि नै मिति २०७७।११।१३  मा भुक्तानी गरेको, शिलबन्दी दरभाउपत्र आह्वानको सूचनामा स्यानिटरी प्याडको आबश्यक संख्या नखुलेको तर सम्झौता हुन अगावै र कही कतै संख्या स्पष्ट नहुदै रेजा ट्रेडिङ्ग प्रा.लि. ले स्यानिटरी प्याड आपूर्ति गरेको देखिएको, शिलबन्दी दरभाउपत्र आह्वानको सूचना प्रकाशित भएको भनिएको मिति २०७७।१०।२२ को राष्ट्रिय दैनिक रेजा टुडे पत्रिकामा शहिदनगर नगरपालिकाको कुनै पनि सूचना प्रकाशित भएको नदेखिएकोले रेजा ट्रेडिङ्ग प्रा.लि.का प्रोपराइटर एवं राष्ट्रिय दैनिक रेजा टुडे पत्रिकाका प्रकाशकसँगको मिलेमतोमा खरिद कानूनको प्रावधान विपरीत झुट्टा विवरण एवं सूचना तयार गरी गलत कागजातहरुको आधारमा बदनियतपूर्ण ढंगले खरिद सम्झौता एवं रु.१३,९३,६८७।- भुक्तानी दिने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुर गरेको देखिन आएकोले देहायका प्रतिवादीहरुउपर देहाय बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत,काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। क्रमश...
 
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
 
प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

जिल्ला ताप्लेजुङ, फुङलिङ नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, ताप्लेजुङका (अधिकृत स्तर छैटौं) इन्जिनियर मो.अख्तर हुसैन उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/07/23
जिल्ला धनुषा, श्री माध्यमिक विद्यालय बरमझियाका राहत शिक्षक ब्रहमदेव यादव उपर झुट्टा तथा नक्कली अध्यापन अनुमति पत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/07/09
जिल्ला कास्की, दुर्गा आधारभूत विद्यालयका तत्कालीन शिक्षक बोधराज पौडेल उपर झुट्टा विबरण पेश गरी शिक्षक नियुक्ति लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/07/09
नरहा गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, सिरहाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भवेश कुमार झा र तत्कालीन लेखापाल सुरेश कुमार कुसियैत उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/07/09
पशु अस्पताल तथा पशुसेवा कार्यालय, मुगुका कार्यालय प्रमुख भिम चन्द्र बुढासमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/07/07
जिल्ला काठमाडौं, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समिति, नयाँ बानेश्वरमा सहायक (चौथो) पदमा कार्यरत चन्दा शाह उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/07/07
प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, जलेश्वर, महोत्तरीमा होमियोप्याथी चिकित्सक (अधिकृत आठौं) पदमा कार्यरत संगिता कुमारी साह उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/07/07