प्रहरी चौकी, कान्तिबजार, महोत्तरीका ईन्चार्ज प्रहरी सहायक निरीक्षक शर्मा प्रसाद यादव र ऐ.ऐ. का प्रहरी बरिष्ठ हवल्दार मन्जित कुमार झा रू. २०,००० (अक्षरेपी बीस हजार रूपैंया) घुस रकम सहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०८०।१०।२८ गते।
----------------------------------------------------

प्रहरी चौकी, कान्तिबजार, महोत्तरीका ईन्चार्ज प्रहरी सहायक निरीक्षक शर्मा प्रसाद यादवले व्यक्तिले लिजमा लिइ भोगचलन गर्दै आएको जग्गामा खेतिपाति तथा व्यवसाय गर्न बाधा अवरोध पुर्‍याएको हुँदा बाधा अवरोध रोक्नको लागि महोत्तरी जिल्ला अदालतमा मुद्दा दर्ता गराएकोमा उक्त बाधा अवरोध रोकी विद्यालयले ठेक्का दिई भोगचलन गर्न चलन पूर्जी दिएको सो जग्गा र जग्गामा भएको फलफुलहरू, खेतिपाति उपभोग गर्न कुनै प्रकारको अवरोध सिर्जना गराउने कार्य नगर्नु/नगराउनु भनी महोत्तरी जिल्ला अदालतबाट भएको फैसलाको कार्यान्वयन नगर्नको लागि छलफल गराउने भनी सेवाग्राहीसंग घुस रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजूरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासबाट खटिई गएको टोलिले प्रहरी चौकी, कान्तिबजार, महोत्तरीका ईन्चार्ज प्रहरी सहायक निरिक्षक शर्मा प्रसाद यादव र ऐ.ऐ. का बरिष्ठ प्रहरी हवल्दार मन्जित कुमार झालाई सेवाग्राहीबाट रू. २०,०००/- (बीस हजार रूपैंया) घुस/रिसवत लिईरहेको अवस्थामा उक्त रकम रू. २०,०००/- सहित जिल्ला महोत्तरी, गौशाला नगरपालिका वडा नं. १२ स्थित गैरीटोलबाट मिति २०८०/११/२७ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।

प्रवक्ता
नरहरि घिमिर

 

Download Download
  

Other Press Release