डिभिजन वन कार्यालय जलेश्वर, महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृत हेमन्त प्रसाद साह, वडा अध्यक्ष, उपभोक्ता समितिका पदाधिकारीहरुसमेत २४ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।१२।०४ गते।
------------------------------------------
 
जिल्ला महोत्तरी, बर्दिवास नगरपालिका वडा नं. १ बस्ने स्थानीय केही व्यक्तिहरुको समूहले दर्तावाला जग्गाका रुखहरु भनी रम्तेलडाँडा सामुदायिक वनका सखुवा, सिसौ, भिक्स र टिक जातका ठुला रुख विरुवा जथाभावी कटान गरी वन क्षेत्रको जग्गालाई समेत तारवार गरेको, उक्त वनका रुख कटान गर्न वडा कार्यालयले सिफारिस तथा वन कार्यालयले कटान दिई वन फडानीसहित वनको जग्गा व्यक्तिले कब्जा गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा रम्तेलडाँडा सामुदायिक वन क्षेत्रमा रहेका रुखहरु बर्दिवास नगरपालिका वडा नं. १ बस्ने जग्गाधनी लिलामणी आचार्य र कृष्ण प्रसाद गौतमको संयुक्त नाममा दर्ता कायम रहेको साविक २५ नं. बहादुरगञ्ज वडा नं. ३(क) कि.नं. २ को क्षेत्रफल १-२-११ रहेको निजी नम्बरी आवादीको जग्गाभित्र पर्छ भनी मिलेमतो गरी गलत सिफारिस तथा प्रतिवेदनका आधारमा रम्तेलडाँडा सामुदायिक वन क्षेत्रको रुखमा छापा, टाँचा गराई, कटान गर्न ईजाजत दिई, वन क्षेत्रको रुखहरु व्यक्तिलाई लाभ हुने गरी बिभिन्न जातका ४०६ वटा रुख कटान गरी/गराई रु.११,९६,६९५।– (एघार लाख छयानब्बे हजार छ सय पन्चानब्बे  रुपैयाँ) बराबरको सरकारी सम्पत्ति हानिनोक्सानी गरेको पुष्टि हुन आएको हुँदा उक्त कार्यमा संलग्न कर्मचारी, सामुदायिक वनका पदाधिकारीहरु र उपभोक्ता समिति लगायतका व्यक्तिहरुउपर देहायबमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। क्रमश...
 
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
 
प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

जिल्ला बारा, पचरौता नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष मकबुल मिया अंसारीसमेत ७ जना उपर सार्वजनिक सम्पत्ति हानि नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/20
जिल्ला दार्चुला, शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर विष्टसमेत ८ जना उपर सार्वजनिक सम्पत्ति हानि नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/18
जिल्ला सर्लाही, बलरा नगरपालिकाका नगर प्रमुख रामा शंकर प्रसाद कुशवाहासमेत ८ जना उपर गैरकानूनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/14
नेपाल विद्युत प्राधिकरण, पोखरा वितरण केन्द्रका तत्कालीन केन्द्र प्रमुख राजीव कुमार सिंहसमेत ४ जना उपर सार्वजनिक सम्पत्ति हानि नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/13
जिल्ला दोलखा, मेलुङ गाउँपालिका, वडा नं. १ का वडाध्यक्ष इश्वर कोईरालासमेत ३ जना उपर सरकारी कागजात सच्याएको तथा सार्वजनिक सम्पत्ति हानि नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/12
जिल्ला कैलाली, चुरे गाउँपालिका वडा नं. ६ बस्ने प्रेम सिंह ठगुन्ना र जिल्ला कैलाली, गोदावारी नगरपालिका वडा नं. २ बस्ने किसन सिंह साउद उपर घुस/रिसवत मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/08
जिल्ला पर्सा, छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमारसमेत ४ जना र बिज्ञापन एजेन्सी के.एस.मल्टिपर्पोज प्रा.लि. वीरगंज उपर गैरकानूनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/07
जिल्ला उदयपुर, त्रियुगा नगरपालिका, वडा नं. १ स्थित जागृति महिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मिना कुमारी चौधरीसमेत ४ जना उपर सार्वजनिक सम्पत्ति हानि नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/06