पोखरा महानगरपालिका, नगर कार्यपालिकाको कार्यालयमा कार्यरत सव-इन्जिनियर उषा किरण रोकाय र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवर रु. १,५०,०००।- घुस रकम सहित नियन्त्रणमा।


प्रेस विज्ञप्ति:- मिति २०८०।१२।२८ गते।
----------------------------------------------------
पोखरा महानगरपालिका, नगर कार्यपालिकाको कार्यालयमा कार्यरत सव-इन्जिनियर उषा किरण रोकाय र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवर समेतले घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाउने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिई गएको टोलीले निज सव-इन्जिनियर उषा किरण रोकाय र कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई सेवाग्राहीबाट रु.१,५०,०००।–(एक लाख पचास हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई पोखरा महानगरपालिका वडा नं. ४ र सव-इन्जिनियर उषा किरण रोकायलाई पोखरा महानगरपालिका वडा नं. ५ बाट आज मिति २०८०।१२।२८ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।

प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release