नेपाल विद्युत प्राधिकरण, बुटवल वितरण केन्द्रमा सहायक लेखापाल पदमा कार्यरत सुधिर कुमार चतुर्वेदी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८१।०४।२४ गते।
------------------------------------------

नेपाल विद्युत प्राधिकरण, बुटवल वितरण केन्द्रमा सहायक लेखापाल पदमा कार्यरत सुधिर कुमार चतुर्वेदीको भारतमा अध्ययन गरी उत्तीर्ण गरेको शैक्षिक प्रमाणपत्र छानबिनको लागि पठाइएको भन्नेसमेत व्यहोराको नेपाल विद्युत प्राधिकरणको पत्र सम्बन्धमा अनुसन्धान हुँदा निज सुधिर कुमार चतुर्वेदीले नेपाल विद्युत प्राधिकरण, बुटवल वितरण केन्द्र रुपन्देहीमा मिति २०६६।०७।०९ देखि लागू हुने गरी क्लर्क (लेखा), तह-३ मा स्थायी पदमा नियुक्ति लिई कार्य गरी सहायक लेखापाल, तह-४ मा बढुवा भएका निजले विहार संस्कृत शिक्षा बोर्डबाट मध्यमा (हाइस्कूल) तहको द्धितीय श्रेणीमा उत्तिर्ण गरेको लब्धाङ्क पत्र, अस्थायी प्रमाणपत्र, श्री जगनाथ शाह संस्कृत प्रा.सह माध्यमिक विद्यालय, कौडिहार चौक महाविर नगर, रक्सौल पूर्वी चम्पारण (विहार) बाट जारी आचरण प्रमाण-पत्र र विद्यालय परित्यागसमेतको झुट्टा तथा नक्कली शैक्षिक योग्यताका प्रमाण-पत्रहरु पेश गरी हालसम्म कार्यरत रही ओहोदा, लाभ र सुविधा प्राप्त गरेको पुष्टि भएको देखिएकोबाट निज सुधिर कुमार चतुर्वेदीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निजलाई सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 


प्रवक्ता
नरहरि घिमिरे

 

Download Download
  

Other Press Release

प्रदेश अस्पताल, सुर्खेतका लेखा अधिकृत (अधिकृतस्तर छैटौं) शंकर प्रसाद सुवेदीसमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना/हानीनोक्सानी गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/23
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापा, तत्कालीन सदस्य सचिव एवं हाल परिषद् सदस्य राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा समेत १४ जना र दुई कम्पनी उपर पशुपति क्षेत्र विकास कोष/सार्वजनिक संस्थाको सम्पत्ति हिनामिना/हानीनोक्सानी गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/22
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्‍का तत्कालीन कार्यकारी निर्देशक बलराम ठाकुरसमेत ९ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी, हिनामिना गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/19
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, पर्साका अधिकृत (आठौं तह) कमल राज गौतम उपर बिगो रु.२,५१,७८,६८७।७१ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/17