जिल्ला कपिलवस्तु, यशोधरा गाउँपालिकामा सि.अ.न.मी. निरीक्षक (अधिकृत छैठौं) पदमा कार्यरत सरस्वती ओली (वली) क्षेत्री उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८१।०५।०६ गते।
------------------------------------------

जिल्ला कपिलवस्तु, यशोधरा गाउँपालिकामा कार्यरत मा.सि.का. पदबाट नियुक्ति लिई कार्यरत रहेका हाल सि.अ.न.मी. पदमा स्तर बृद्धि भएका कर्मचारीले शैक्षिक योग्यताको प्रमाण-पत्र नक्कली पेश गरी हालसम्म जागिर गरिरहेकोले शैक्षिक योग्यताको प्रमाण-पत्र छानविन हुन भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा  जिल्ला कपिलवस्तु, यशोधरा गाउँपालिकामा सि.अ.न.मी. निरीक्षक (अधिकृत छैठौं) पदमा कार्यरत सरस्वती ओली (वली) क्षेत्रीले अ.न.मी. विषय लिई प्राविधिक एस.एल.सी. परीक्षा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र पोखराबाट उत्तीर्ण गर्दा, रजिष्टर्ड अ.न.मी. नेपाल नर्सिङ्ग काउन्सिलको दर्ता प्रमाण-पत्र लिँदा, नेपाल स्वास्थ्य सेवाको सहायक पाँचौ तहमा स्तर बृद्धि हुँदा र नेपाल स्वास्थ्य सेवाको अधिकृत छैठौं तहमा स्तर बृद्धि भई सि.अ.न.मी. निरीक्षक पदनाम पाउन माध्यमिक शिक्षा परिषद्‍, उत्तर प्रदेशबाट हाईस्कूल परीक्षा पास गरेको भनी शैक्षिक योग्यताका नक्कली/झुट्टा प्रमाण-पत्र पेश गरी लाभ एवं सुविधा लिई प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) मा परिभाषित कसुर गरेको पुष्टि हुन आएकाले निज सरस्वती ओली (वली) क्षेत्रीलाई सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 

प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

प्रदेश अस्पताल, सुर्खेतका लेखा अधिकृत (अधिकृतस्तर छैटौं) शंकर प्रसाद सुवेदीसमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना/हानीनोक्सानी गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/23
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापा, तत्कालीन सदस्य सचिव एवं हाल परिषद् सदस्य राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा समेत १४ जना र दुई कम्पनी उपर पशुपति क्षेत्र विकास कोष/सार्वजनिक संस्थाको सम्पत्ति हिनामिना/हानीनोक्सानी गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/22
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्‍का तत्कालीन कार्यकारी निर्देशक बलराम ठाकुरसमेत ९ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी, हिनामिना गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/19
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, पर्साका अधिकृत (आठौं तह) कमल राज गौतम उपर बिगो रु.२,५१,७८,६८७।७१ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/17