जिल्ला इलाम, इलाम नगरपालिका, वडा नं. ११ स्थित माइभ्याली सामुदायिक वन उपभोक्ता समुहका तत्कालीन अध्यक्ष डोल बहादुर कार्की र कोषाध्यक्ष रीता सम्बहाम्फे लोक्ताम उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८१।०५।१२ गते।
------------------------------------------

जिल्ला इलाम, साविक सोयाक गा.वि.स., वडा नं.- ९, निर्फुक हाल इलाम नगरपालिका, वडा नं. ११ स्थित माइभ्याली सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्षले २०७० सालदेखि ठेकेदार र अध्यक्षसमेत भई काबेली कोरिडोरको तार विस्तार गर्ने क्रममा कटान आदेशभन्दा बाहिर आफूखुसी कटान गरी घाटगद्दी लिलाम प्रकिया अगाडि बढाउन लागेको, लेखा परीक्षण नगरेको तथा बैंकिङ कारोबार नगरी आफू खुसी कारोवार गरी आर्थिक अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला इलाम, इलाम नगरपालिका, वडा नं. ११ स्थित माइभ्याली सामुदायिक वन उपभोक्ता समुहका तत्कालीन अध्यक्ष डोल बहादुर कार्कीले समूहको निर्णय पुस्तिका तथा चेक बुक लगायतका कागजातहरु आफैले राख्ने गरेको, वन उपभोक्ता समूहको नाममा रहेको बैंक खाताबाट रकम भुक्तानी लिई समूहको रकम रु.३०,७८,६००/- बार्षिक कार्ययोजना स्वीकृत नगरी बदनियतपूर्वक खर्च गरी वन उपभोक्ता समूहको रकम हिनामिना गरेको र कटान आदेशभन्दा बढी रु.८,५५,५०४।– को वन विनास गरी अवैध घाटगद्दी गरेर सरकारी सम्पत्ति हिनामिना गरेको पुष्टि हुन आएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूर भएको हुँदा निजलाई रु.३९,३४,१०४।-  (उन्नचालीस लाख चौतिस हजार एक सय चार रुपैयाँ) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (छ) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जरिवाना हुन र दफा १७ बमोजिम बिगो रकम निजबाट असुल उपर हुन मागदाबी लिइएको छ।
समितिका कोषाध्यक्ष रीता सम्बहाम्फे लोक्तामको हकमा: माइभ्याली सामुदायिक वन उपभोक्ता समूहको बैकमा रहेको खातामा समितिका अध्यक्ष डोल बहादुर कार्की र कोषाध्यक्ष रीता सम्बहाम्फे लोक्तामको संयुक्त दस्तखतबाट खाता संचालन भएको र निजले चेकमा हस्ताक्षर गरेको खुल्न आएकोले बैकबाट भुक्तानी लिएको रु.३०,७८,६००/- बार्षिक कार्ययोजना स्वीकृत नगरी खर्च गरी हिनामिना गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर गरेको पुष्टि हुन आएको हुँदा निज रीता सम्बाहाम्फे लोक्तामलाई रु.३०,७८,६००/- (तीस लाख अठहत्तर हजार छ सय रुपैयाँ) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (छ) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जरिवाना हुन र दफा १७ बमोजिम बिगो निजबाट असुल उपर हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 

प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

जिल्ला रौतहट, चन्द्रपुर नगरपालिका वडा नं. ८ वतन भएका दुर्गा भण्डारी (थापा) उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/04/30
मालपोत कार्यालय, रूपन्देही, भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्य, सियारी गाउँपालिका वडा नं. २ का तत्कालीन वडा अध्यक्ष राम किशन थारूसमेत ७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याएको तथा गलत प्रतिवेदन तयार गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/04/29
हिमालय माध्यमिक विद्यालय दमक, झापाका तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्य उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/04/28
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक सन्जय चौधरी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/04/27
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैया बाराका तत्कालीन निमित्त कार्यालय प्रमुख तथा इन्जिनियर (आठौँ तह) किशोरी प्रसाद यादव उपर बिगो रू.१,४६,८१,२२५/९० कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/04/23
जिल्ला रूकुम (पश्चिम), त्रिभुवन जनता माध्यमिक बिद्यालयका तत्कालीन बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमराज खड्का, प्रधानाध्यापक हरि प्रसाद खनालसमेत ८ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/04/22