जिल्ला इलाम, इलाम नगरपालिका, वडा नं. ११ स्थित माइभ्याली सामुदायिक वन उपभोक्ता समुहका तत्कालीन अध्यक्ष डोल बहादुर कार्की र कोषाध्यक्ष रीता सम्बहाम्फे लोक्ताम उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८१।०५।१२ गते।
------------------------------------------

जिल्ला इलाम, साविक सोयाक गा.वि.स., वडा नं.- ९, निर्फुक हाल इलाम नगरपालिका, वडा नं. ११ स्थित माइभ्याली सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्षले २०७० सालदेखि ठेकेदार र अध्यक्षसमेत भई काबेली कोरिडोरको तार विस्तार गर्ने क्रममा कटान आदेशभन्दा बाहिर आफूखुसी कटान गरी घाटगद्दी लिलाम प्रकिया अगाडि बढाउन लागेको, लेखा परीक्षण नगरेको तथा बैंकिङ कारोबार नगरी आफू खुसी कारोवार गरी आर्थिक अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला इलाम, इलाम नगरपालिका, वडा नं. ११ स्थित माइभ्याली सामुदायिक वन उपभोक्ता समुहका तत्कालीन अध्यक्ष डोल बहादुर कार्कीले समूहको निर्णय पुस्तिका तथा चेक बुक लगायतका कागजातहरु आफैले राख्ने गरेको, वन उपभोक्ता समूहको नाममा रहेको बैंक खाताबाट रकम भुक्तानी लिई समूहको रकम रु.३०,७८,६००/- बार्षिक कार्ययोजना स्वीकृत नगरी बदनियतपूर्वक खर्च गरी वन उपभोक्ता समूहको रकम हिनामिना गरेको र कटान आदेशभन्दा बढी रु.८,५५,५०४।– को वन विनास गरी अवैध घाटगद्दी गरेर सरकारी सम्पत्ति हिनामिना गरेको पुष्टि हुन आएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूर भएको हुँदा निजलाई रु.३९,३४,१०४।-  (उन्नचालीस लाख चौतिस हजार एक सय चार रुपैयाँ) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (छ) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जरिवाना हुन र दफा १७ बमोजिम बिगो रकम निजबाट असुल उपर हुन मागदाबी लिइएको छ।
समितिका कोषाध्यक्ष रीता सम्बहाम्फे लोक्तामको हकमा: माइभ्याली सामुदायिक वन उपभोक्ता समूहको बैकमा रहेको खातामा समितिका अध्यक्ष डोल बहादुर कार्की र कोषाध्यक्ष रीता सम्बहाम्फे लोक्तामको संयुक्त दस्तखतबाट खाता संचालन भएको र निजले चेकमा हस्ताक्षर गरेको खुल्न आएकोले बैकबाट भुक्तानी लिएको रु.३०,७८,६००/- बार्षिक कार्ययोजना स्वीकृत नगरी खर्च गरी हिनामिना गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर गरेको पुष्टि हुन आएको हुँदा निज रीता सम्बाहाम्फे लोक्तामलाई रु.३०,७८,६००/- (तीस लाख अठहत्तर हजार छ सय रुपैयाँ) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (छ) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जरिवाना हुन र दफा १७ बमोजिम बिगो निजबाट असुल उपर हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 

प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

प्रदेश अस्पताल, सुर्खेतका लेखा अधिकृत (अधिकृतस्तर छैटौं) शंकर प्रसाद सुवेदीसमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना/हानीनोक्सानी गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/23
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापा, तत्कालीन सदस्य सचिव एवं हाल परिषद् सदस्य राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा समेत १४ जना र दुई कम्पनी उपर पशुपति क्षेत्र विकास कोष/सार्वजनिक संस्थाको सम्पत्ति हिनामिना/हानीनोक्सानी गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/22
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्‍का तत्कालीन कार्यकारी निर्देशक बलराम ठाकुरसमेत ९ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी, हिनामिना गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/19
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, पर्साका अधिकृत (आठौं तह) कमल राज गौतम उपर बिगो रु.२,५१,७८,६८७।७१ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/17