नेपाल प्रहरी, साइबर ब्यूरो भोटाहिटीका तत्कालीन प्रहरी निरीक्षक बुद्धि प्रसाद सुवेदी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८१।०५।२७ गते।
------------------------------------------
नेपाल प्रहरी, साइबर ब्यूरो भोटाहिटीका तत्कालीन प्रहरी निरीक्षक बुद्धि प्रसाद सुवेदीले साइबर अपराध मुद्दाका प्रतिवादीको मुद्दा मिलाई दिन्छु भनी निजका दाजुसँग रु.९९,०००/- घुस/रिसवत लिई भ्रष्टाचारजन्य कार्य गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज प्रहरी निरीक्षक बुद्धि प्रसाद सुवेदीले साइबर अपराध मुद्दाका प्रतिवादीको मुद्दा मिलाई दिन्छु भनी निजका दाजुसँग रु.९९,०००/- घुस/रिसवत लिई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर गरेको पुष्टि भएको हुँदा निज बुद्धि प्रसाद सुवेदीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु.९९,०००/- (उनान्सय हजार मात्र) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसा बिगो बमोजिम जरिवाना हुन मागदावी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
नरहरि घिमिरे

 

Download Download
  

Other Press Release

जिल्ला सिरहा, कल्याणपुर नगरपालिका वडा नं. ६ बस्ने जसोधा कुमारी उपर घुस/रिसवत मुद्दामा प्रतिकूल बकपत्र गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/12
नापी कार्यालय पर्साका सर्भेक्षक राम प्रमोद राउत र कार्यालय सहयोगी अरुण प्रसाद उपाध्याय उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/12
अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तिर्थ राज भट्टराईसमेत ७ जना र २ वटा प्रा.लि. उपर घुस/रिसवत लिई दिई भ्रष्टाचार गरेको र सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी कसुरमा आरोपपत्र दायर गरिएको।
2025/12/11
बेलडाँडी गाउँपालिका,कन्चनपुरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीसमेत ४ जना उपर गलत लिखत तयार गरी गर्न लगाई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/11