जिल्ला दैलेख, गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राम बहादुर बुढासमेत १४ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८१।१०।२७ गते।
------------------------------------------
 
जिल्ला दैलेख, गुराँस गाउँपालिका-०६ स्थित भिउचुला देखि पुलिया सडक निर्माण कार्यमा लागत अनुमान अनुसार काम नगरी नक्कली बिल भरपाई बनाई रकम हिनामिना गरेको भन्ने उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला दैलेख, गुराँस गाउँपालिका-०६ स्थित भिउचुला-बगौरा-पुलिया सडक योजनाको कार्य निर्माण व्यवसायीलाई जिम्मा दिने गरी योजना राखी आफूखुसी उपभोक्ता समिति खडा गरी/गराई वदनियतपूर्वक उपभोक्ता समितिलाई जिम्मा दिएको देखाई उक्त उपभोक्ता समितिले सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७ समेतको प्रचलित कानूनी व्यवस्था विपरीत निर्माण व्यवसायीलाई जिम्मा दिई नक्कली बिल भरपाई तयार गरी/गराई, योजनामा बढी मूल्याङ्कन समेत गराई भुक्तानी दिई/लिई प्रतिवादी राष्ट्रसेवकहरूसमेतले आफू तथा उपभोक्ता समितिका पदाधिकारीहरूलाई गैरकानूनी लाभ पुर्‍याउने र गाउँपालिकालाई गैरकानूनी हानिनोक्सानी पुर्‍याउने बदनियतले भुक्तानी दिने/लिने कार्य गरे/गराएबाट निज प्रतिवादीहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ र दफा १९ को उपदफा (२) बमोजिमको कसूरजन्य कार्य भएको हुँदा उल्लिखित भ्रष्टाचार कसुरमा संलग्न प्रतिवादीहरूउपर देहाय बमोजिमको सजाय र बिगो बमोजिमको जरिवाना सजाय गरी विगो जफत/असुल उपर हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ।क्रमश...
 
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
 
 
प्रवक्ता
नरहरि घिमिरे
 

Notification of charge sheet Notification of charge sheet
  

Other Press Release

मणिसंगम माध्यमिक बिद्यालय विनयी त्रिवेणी गाउँपालिका-२, नवलपरासी (ब.सु.पूर्व) मा प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदमा कार्यरत कृष्णबहादुर खन्गाहा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/05/25
जिल्ला जुम्ला, पातारासी गाउँपालिका, वडा नं. १ स्थित गंगा माध्यमिक विद्यालय, पेरे माथाचौरमा कार्यरत शिक्षक भोजराज न्यौपाने उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/05/22
जिल्ला स्याङ्जा, फेदीखोला गाउँपालिका वडा नं. ३ स्थायी वतन भएका दिपक थापाले घुस/रिसवत लिई दिई भ्रष्टाचार गरेको र सम्पत्ति शुद्धीकरण कसुरको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/05/19
मालपोत कार्यालय, भैरहवा रुपन्देहीमा कार्यरत नायव सुब्बा ओम बहादुर खाम्चा उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/05/18
सुर्खेत उपत्यका नगर विकास समिति, वीरेन्द्रनगरका तत्कालीन सदस्य सचिवहरू टिकाराम ढकाल, नरहरी तिवारी, गेहेन्द्र बहादुर डाँगीसमेत ५ जना उपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/05/13