प्रहरी चौकी, हाटी बनगाई दुर्गौलियामा कार्यरत प्रहरी नायब निरीक्षक खिम बहादुर खड्का घुस रकमसहित नियन्त्रणमा।
प्रेस विज्ञप्ति:- मिति २०८१।१२।१४ गते।
----------------------------------------------------
प्रहरी चौकी, हाटी बनगाई दुर्गौलियामा कार्यरत प्रहरी नायब निरीक्षक खिम बहादुर खड्काले भारतबाट रुपन्देही जिल्लाको दुर्गौलिया नाका हुँदै भन्सार छली अवैधरुपमा घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गरीदिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निज खिम बहादुर खड्कालाई सेवाग्राहीबाट रू.३०,०००।- (तीस हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित जिल्ला रुपन्देही, मायादेवी गाउँपालिका वडा नं.६ अन्तर्गतबाट आज मिति २०८१।१२।१४ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।
प्रवक्ता
राजेन्द्र कुमार पौडेल
Other Press Release
जिल्ला बाँके, मालपोत कार्यालय कोहलपुरको मुद्दाफाँटमा कार्यरत खरिदार हरिचन्द्र पाण्डेसमेत ३ जना घुस रकमसहित नियन्त्रणमा।
2025/05/24 |