तिलाठी कोईलाडी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र कुमार यादव, टाईम्स रिपब्लिक मिडिया प्रा.लि.का संस्थापक सदस्य, डच मिडिया प्रा.लि.का निर्देशक, प्रभाव राष्ट्रिय दैनिक प्रा.लि. का प्रबन्ध निर्देशकसमेत ५ जना र मिडिया प्रा.लि. उपर गैरकानूनी लाभ हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८२।०२।२० गते।
------------------------------------------

केही दैनिक पत्रिकाका व्यवस्थापकहरुको मिलेमतोमा नेपाल सरकारका बिभिन्न निकायबाट पत्रिकामा छापिनुपर्ने टेण्डरका बिज्ञापनमा बिभिन्न पत्रपत्रिकाले अनियमितता गरी भ्रष्टाचार गरेको भन्ने व्यहोराको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा तिलाठी कोईलाडी गाउँपालिकाबाट आ.ब. २०७९/०८० को स्वीकृत बजेट अनुसार उक्त गाउँपालिका अन्तर्गत बिभिन्न निर्माण कार्यको लागि ठेक्का नं. ०३/०७९/०८० देखि ०६/०७९/०८० सम्मको ४ ओटा ठेक्काको बोलपत्र आव्हान र खरिद आशयको सूचना सार्वजनिक खरिद ऐन, नियम बमोजिम राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा सो नगरी तिलाठी कोईलाडी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र कुमार यादव, लेखा हेर्ने सह-लेखापाल शत्रोहन दास, टाईम्स रिपब्लिक मिडिया प्रा.लि. का संस्थापक भुषण कुमार सिंह, डच मिडिया प्रा.लि.का निर्देशक रवि अर्याल तथा प्रभाव राष्ट्रिय दैनिकका प्रबन्ध निर्देशक कृष्ण बहादुर कार्कीसमेतको आपसी मिलोमतो तथा योजनामा आफूहरुलाई गैरकानूनी लाभ तथा तिलाठी कोईलाडी गाउँपालिकालाई हानि पुर्‍याउने बदनियतले उक्त बोलपत्र आव्हान र आशयको सूचना लुकाई छिपाई, सार्वजनिक रुपमा प्रकाशन नगरी नगराई ठेक्का प्रयोजनार्थ अभिलेखमा राख्ने गरी सौर्य राष्ट्रिय दैनिक पत्रिकामा मिति २०७९/१२/२३ को बोलपत्र आह्ववानको सूचना र मिति २०८०/०२/१२ को बोलपत्र स्वीकृत गर्ने आशयको सूचना एक/एक प्रति मात्र प्रकाशित गरे गराएको, उल्लेखित मितिमा प्रकाशित भनिएका सूचनाहरु प्रेस काउन्सिल नेपालको मिति २०७९ चैत २३ को पत्र अनुसार प्रकाशन भएको नदेखिएको र उक्त पत्रिकाको पत्रिका व्यवस्थापन प्रणालीको PDF अभिलेख हेर्दा उल्लेखित मितिका कुनैपनि पृष्ठमा बोलपत्र आव्हान र खरिद आशयको सूचना प्रकाशित भएको नदेखिएकोले सूचना विवरण लुकाउने कलुषित मनसायसाथ सार्वजनिक तवरमा वितरण प्रयोजनार्थ प्रकाशित नै नगरेको सौर्य दैनिक पत्रिकाको सक्कल भनिएको पत्रिकाको प्रति साथै राखी झुट्टा विल भरपाई लगायतका कागजातहरुको आधारमा रू.३,१६,४१०।- टाईम्स रिपब्लिक मिडिया प्रा.लि.लाई भुक्तानी दिएको, टाईम्स रिपब्लिक मिडिया प्रा.लि.ले बोलपत्र र आशयको सूचना प्रकाशनको लागि डच मिडिया प्रा.लि. लाई मौखिक दिएको र डच मिडिया प्रा.लि.ले उक्त सूचना प्रभाव दैनिकका प्रबन्ध निर्देशकलाई प्रकाशन गर्न दिई भुक्तानी लिएको पुष्टि भएको हुँदा उक्त कार्यमा संलग्न देहायका प्रतिवादी उपर देहाय बमोजिम सजायको मागदावी लिई आज विशेष अदालत, काठमाडौमा आरोपपत्र दायर गरिएको छ। क्रमश...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)


प्रवक्ता
राजेन्द्र कुमार पौडेल

आरोपपत्र प्रेशबिज्ञप्ति आरोपपत्र प्रेशबिज्ञप्ति
  

Other Press Release

जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22
जिल्ला महोत्तरी, सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/19
नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा खरिदार पदमा कार्यरत राम कुमार बोहरा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/06/18
जय भवानी माध्यमिक विद्यालय, हिलिहाङ, पाँचथरमा बालविकास सहजकर्ता पदमा कार्यरत बिना कुमारी राई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/06/17