जिल्ला प्राविधिक कार्यालय दुनै डोल्पाका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर रविचन्द्र पजियारसमेत ४ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी/हिनामिना गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८२।०३।१९ गते।
------------------------------------------
 
जिल्ला डोल्पा तत्कालीन दुनै गा.वि.स. २ र ३ का कुनै पनि वडा र बस्तीमा नरहेको विद्यालय दुर्गा प्रा.वि. तिप्लाको नाममा योजना पारेको तर विद्यालय भवन नबनाई रकम अनियमितता गरेको भन्नेसमेत व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला डोल्पा, दुनै गा.वि.स. वडा नं. २ र ३ तिप्लामा दुर्गा प्राथमिक विद्यालयको नामबाट हालसम्म कुनै पनि विद्यालय सञ्चालनमा नरहेको, जिल्ला डोल्पा ठूलीभेरी नगरपालिका वडा नं. ४ साविक दुनै गा.वि.स. वडा नं. २ र ३ मा एउटै मात्र श्री लालिगुँरास आधारभूत विद्यालय रहेको, बिद्यालय निर्माणको लागि आ.ब. २०६७।०६८ मा शान्ति तथा पुननिर्माण मन्त्रालयबाट कुनै पनि रकम नआएको र भवन पनि नबनेको भन्ने व्यहोराको जिल्ला शिक्षा कार्यालय, डोल्पाको पत्रबाट देखिन आएको र जिल्ला डोल्पा ठूलीभेरी नगरपालिका वडा नं. ०४ साविक दुनै गा.वि.स. वडा नं. २ र ३ मा श्री लालिगुँरास आधारभूत विद्यालय मात्रै भएको, दुर्गा प्रा.वि.को नामले हालसम्म कुनै पनि विद्यालय नभएको भन्ने व्यहोराको अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको प्राविधिक टोलीले गरेको स्थलगत मुचुल्का समेतबाट देखिएको हुँदा आ.व. २०६७/०६८ मा जिल्ला डोल्पा साविकको दुनै गा.वि.स. वडा नं. २ र ३ हाल ठूलीभेरी नगरपालिका वडा नं. ४ तिप्लास्थित काल्पनिक विद्यालय दुर्गा प्राथमिक विद्यालय खडा गरी गराई जिल्ला प्राविधिक कार्यालय, दुनै, डोल्पाका तत्कालीन कार्यालय प्रमुख ईन्जिनियर रविचन्द्र पजियार, लेखापाल मनिराम कुर्मी, फर्जी निर्माण उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा र कोषाध्यक्ष संगिता बुढासमेतले आपसी मिलेमतो तथा योजनामा जिल्ला डोल्पा, दुनै गा.वि.स. वडा नं. २ र ३ मा विद्यालय नै नभएको दुर्गा प्राथमिक विद्यालयको नाममा २ कोठे भवन निर्माणको लागि रु.७,६०,०००।- रकम विनियोजन गरी काल्पनिक उपभोक्ता समिति गठन गरे गराएको देखाई जिल्ला प्राविधिक कार्यालय डोल्पाका प्रमुख इन्जिनियर रविचन्द्र पजियारको सिफारिसमा उपभोक्ता समितिको नाममा खाता खोली जस्ता छानासहितको २ कोठे भवन निर्माण गरेको भनी झुट्टा तथा नक्कली कागजात तयार गरी गराई चेकमार्फत रु.७,६०,०००।- भुक्तानी दिए लिएको पुष्टि भएको हुँदा उक्त कार्यमा संलग्न प्रतिवादीहरूउपर देहायबमोजिमको सजाय हुन मागदाबी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। क्रमश...
 
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
 
प्रवक्ता
राजेन्द्र कुमार पौडेल

आरोपत्र प्रेश बिज्ञप्ति आरोपत्र प्रेश बिज्ञप्ति
  

Other Press Release

जिल्ला सिरहा, कल्याणपुर नगरपालिका वडा नं. ६ बस्ने जसोधा कुमारी उपर घुस/रिसवत मुद्दामा प्रतिकूल बकपत्र गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/12
नापी कार्यालय पर्साका सर्भेक्षक राम प्रमोद राउत र कार्यालय सहयोगी अरुण प्रसाद उपाध्याय उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/12
अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तिर्थ राज भट्टराईसमेत ७ जना र २ वटा प्रा.लि. उपर घुस/रिसवत लिई दिई भ्रष्टाचार गरेको र सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी कसुरमा आरोपपत्र दायर गरिएको।
2025/12/11
बेलडाँडी गाउँपालिका,कन्चनपुरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीसमेत ४ जना उपर गलत लिखत तयार गरी गर्न लगाई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/11