कल्याणपुर नगरपालिका, सिरहाका नगर प्रमुख राम पुकार साह तेली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८२।०४।२३ गते।
------------------------------------------

जिल्ला सिरहा, कल्याणपुर नगरपालिकाका नगर प्रमुख राम पुकार साहले वडा नं. ६ स्थित नाला निर्माण योजनाको कार्य सम्पन्न भई भुक्तानी गर्ने क्रमका सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निज नगर प्रमुख राम पुकार साहलाई सेवाग्राहीबाट रु.१,००,०००।– (एक लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिइएको थियो।

अनुसन्धानको सिलसिलामा कल्याणपुर नगरपालिका, सिरहाका नगर प्रमुख राम पुकार साह तेलीले जिल्ला सिरहा, कल्याणपुर नगरपालिका वडा नं. ६ स्थित पक्की नाला निर्माण कार्य सम्पन्न पश्चात भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग रू.१,००,०००।–घुस/रिसवत माग गरी लिएको पुष्टि भएको हुँदा निज राम पुकार साह भन्ने राम पुकार साह तेलीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रू.१,००,०००।- (एक लाख रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 

प्रवक्ता
राजेन्द्र कुमार पौडेल

आरोपत्र प्रेश बिज्ञप्ति आरोपत्र प्रेश बिज्ञप्ति
  

Other Press Release

प्रहरी वृत्त मालीगाउँ काठमाडौंमा कार्यरत प्रहरी नायव निरीक्षक दिनेश राउत उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/05/08
बैदेशिक रोजगार बिभाग, ताहाचल, काठमाडौंका नायब सुब्बा हेम बहादुर मस्राङ्गी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/05/08
तत्कालीन अर्थ मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, अर्थ मन्त्रालयका तत्कालीन सचिव शंकर प्रसाद अधिकारी, संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन मन्त्रालयका तत्कालीन सचिव महेश्वर न्यौपानेसमेत १३ जना र ठेकेदार कम्पनी M/S CHINA CAMC ENGINEERING CO.LTD उपर सार्वजनिक सम्पत्ति हिनामिना, हानिनोक्सानी तथा दुरूपयोग गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/05/07