जिल्ला अदालत, बाँकेको सामान्य (क) फाँटमा कार्यरत नायब सुब्बा राम प्रसाद धमला घुस रकमसहित नियन्त्रणमा।
प्रेस विज्ञप्ति:- मिति २०८२।०५।१९ गते ।
----------------------------------------------------
जिल्ला अदालत, बाँकेको सामान्य (क) फाँटमा कार्यरत नायब सुब्बा राम प्रसाद धमलाले फैसलाको प्रतिलिपि दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत वापत रू.१२,०००।– (बाह्र हजार रुपैयाँ) माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले निज नायब सुब्बा राम प्रसाद धमलालाई सेवाग्राहीसँग रु.१२,०००।–(बाह्र हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित जिल्ला बाँके, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ९ शान्तिनगर स्थित यातायात चोकबाट आज मिति २०८२।०५।१९ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
प्रवक्ता
राजेन्द्र कुमार पौडेल
Tweet