भूमी प्रशासन कार्यालय, मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज कण्डेल घुस रकमसहित नियन्त्रणमा।
प्रेस विज्ञप्ति:- मिति २०८३।०२।३० गते ।
----------------------------------------------------
भूमी प्रशासन कार्यालय, मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज कण्डेलले जग्गा रोक्का गर्ने काममा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिई गएको टोलीले निज नायव सुब्बा ज्ञानराज कण्डेललाई घुस/रिसवत वापत सेवाग्राहीबाट रू.४०,०००।– (चालीस हजार रुपैयाँ) लिइसकेको अवस्थामा उक्त रकम र श्रोत नखुलेको रकम रु.२१,०७०।- (एक्काइस हजार सत्तरी रुपैयाँ) सहित मिति २०८३।०२।३० गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।
प्रवक्ता
सुरेश न्यौपाने
Tweet
Other Press Release
|
भूमी प्रशासन कार्यालय, मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज कण्डेल घुस रकमसहित नियन्त्रणमा।
2026/06/13 |