प्रतिवादीहरु जीवन बहादुर शाहीसमेतले आपूर्तिकर्ता कम्पनी तथा उक्त कम्पनीका पदाधिकारीहरुसमेतसँग मिलेमतो गरी वाईडबडी विमान खरिद गर्दा बदनियत राखी Price Escalation भुक्तानी दिएको र MTOW 242 tons बाट MTOW 230 tons को Certification लिंदा १२ टनको हुन आउने समानुपातिक मूल्य कम गर्नु पर्नेमा नगरी मूल्य नघटाई MTOW २४२ टनको पुरै मूल्य भुक्तानी गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।


प्रेस विज्ञप्ति:- मिति २०८२।०८।१६ गते।
------------------------------------------
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रतिवादीहरु जीवन बहादुर शाहीसमेतले आपूर्तिकर्ता कम्पनी तथा उक्त कम्पनीका पदाधिकारीहरुसमेतसँग मिलेमतो गरी आपूर्तिकर्ताकै शर्तहरु स्वीकार गरी गराई वाईडबडी विमान खरिद गर्दा बदनियत राखी आपूर्तिकर्तालाई Price Escalation वापत अमेरिकी डलर ६७,८८,१०९.६० अर्थात नेपाली रु.७४,५८,७७,४८२।८५ भुक्तानी दिए दिन लगाएको र MTOW 242 tons बाट MTOW 230 tons को Certification लिंदा १२ टनको हुन आउने समानुपातिक मूल्य कम गर्नु पर्नेमा नगरी मूल्य नघटाई MTOW २४२ टनको पुरै मूल्य भुक्तानी गरी गराई अमेरिकी डलर ६६,००,०००.०० अर्थात रु.७२,५२,०८,०००।– रकम बढी भुक्तानी गरी गराई निगमलाई प्रत्यक्ष रुपमा जम्मा अमेरिकी डलर १,३३,८८,१०९.६० अर्थात अन्तिम भुक्तानी दिएको मितिको सटही दरको आधारमा रु.१,४७,१०,८५,४८२।८५ गैरकानुनी हानीनोक्सानी पुर्‍याउने कार्य गरी गराई भ्रष्टाचारजन्य कसुर गरेकोले प्रतिवादीहरु जीवन बहादुर शाहीसमेत ३२ प्रतिवादीहरुलाई अमेरिकी डलर १,३३,८८,१०९.६०   अर्थात रु. १,४७,१०,८५,४८२।८५ बिगो रकम कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (क), (घ) र (ञ) बमोजिमको कसुरजन्य कार्यमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना सजाय गरी बिगो असुल उपर हुन साथै सोही ऐनको दफा ९, दफा २२, दफा २४ समेतको सजाय हुन छुट्टाछुट्टै मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले मिति २०८१।08।20 गते फैसला गर्दा विमान खरिदको आवश्यकतामा विवाद गर्नुपर्ने विषयनै देखिदैन, यो राष्ट्रिय आवश्यकताकै विषय हो, संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका तत्कालीन सचिव तथा निगम संचालक समितिका अध्यक्ष शंकर प्रसाद अधिकारीको अध्यक्षतामा बसेको संचालक समितिले मिति २०७३।०६।०७ को बैठकबाट निर्णय भए बमोजिम दुईवटा A330-200 वाईडबडी विमान खरिद गर्ने प्रयोजनको लागि मिति २०७३।६।१० मा निगमबाट आह्वान गरिएको Request for Proposal (RFP) सूचनामा निगमले नयाँ विमान खरिद गर्ने हो वा पुरानो खरिद गर्ने हो भनी अलग अलग प्रस्तावको मार्गदर्शन (Criteria) नछुट्टयाई अस्पष्ट र भ्रमित हुने खालको शर्त राखेर सूचना जारी गरेको नै प्रस्तुत मुद्दामा कसूरजन्य कार्यको वदनियतको प्रस्थान/शुरुआति बिन्दुको रुपमा रहेको भनी किटान गरी उक्त मितिदेखि भए गरेका खरिद प्रकृयाका कार्यलाई कार्य कसूरको रुपमा विश्लेषण गरी अभियोग मागदावी बमोजिम प्रतिवादीहरू सुगतरत्न कंसाकार, शिशिर कुमार ढुंगाना, शंकर प्रसाद अधिकारी, बुद्धिसागर लामिछाने र निर्माता कम्पनिका प्रतिनिधि समेतलाई MTOW र Price Escalation वापत जम्मा अमेरिकी डलर १,३३,८८,१०९.६० (अक्षेरुपी एक करोड तेत्तिस लाख अठासी हजार एकसय नौ दशमलव साठी अमेरिकी डलर) अन्तिम भुक्तानी दिएको मितिको सटही दरको आधारमा रु.१,४७,१०,८५,४८२।८५ (अक्षेरुपी एक अर्व सत्चालिस करोड दश लाख पचासी हजार चार सय बयासी रुपैयाँ पचासी पैसा मात्र) बिगो रकम बिमान खरिदमा नेपाल वायुसेवा निगमलाई गैरकानुनी हानीनोक्सानी पुर्‍याउने कार्य गरेको देखिन आयो भनी अदालतले कसूर ठहर गरी उल्लिखित प्रतिवादीहरूलाई कैद र जरिवाना सजायको हकमा बिगो दामासाहीले गर्ने गरी अभियोग मागदावी बमोजिम सबै प्रतिवादीहरुलाई सजाय नगरी केही प्रतिवादीलाई आंशिक ठहर गरी केही प्रतिवादीलाई सफाई दिएको, साथै अभियोग मागदाबी बमोजिम प्रतिवादीहरुले गरेको भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ९ कसूरजन्य कार्यतर्फ केही नबोली भएको उपरोक्त फैसलाउपर चित्त नबुझी आज मिति २०८२।०८।१६ गते सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ।
 
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
                                                            
प्रवक्ता
राजेन्द्र कुमार पौडेल
 

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति पुनरावेदन आरोपपत्र पुनरावेदन आरोपपत्र
  

Other Press Release

प्रतिवादी सूर्य प्रसाद सिलवाल रहेको नपाएको ओहदा पाएको भनी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2025/12/03
प्रतिवादी टंक बहादुर नेगीसमेत रहेको गैरकानूनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2025/12/03
प्रतिवादीहरु जीवन बहादुर शाहीसमेतले आपूर्तिकर्ता कम्पनी तथा उक्त कम्पनीका पदाधिकारीहरुसमेतसँग मिलेमतो गरी वाईडबडी विमान खरिद गर्दा बदनियत राखी Price Escalation भुक्तानी दिएको र MTOW 242 tons बाट MTOW 230 tons को Certification लिंदा १२ टनको हुन आउने समानुपातिक मूल्य कम गर्नु पर्नेमा नगरी मूल्य नघटाई MTOW २४२ टनको पुरै मूल्य भुक्तानी गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2025/12/02
प्रतिवादी मोहन सिंह धामीसमेत रहेको घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2025/12/01
प्रतिवादी अमृता कोइराला रहेको घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2025/11/30
प्रतिवादी याम कुमार कार्की रहेको गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2025/11/30