प्रतिवादी दुर्गबहादुर ओलीसमेत रहेको गैरकानुनी लाभ वा हानि पुर्याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
प्रेस विज्ञप्ति :- मिति २०८३।०२।२९ गते।
---------------------------------------------
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट जिल्ला रुकुम पश्चिम, बाफिकोट गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओली समेतका प्रतिवादीहरु उपर जिल्ला रुकुम पश्चिम, बाँफिकोट गाउँपालिका वडा नं.२ स्थित पिपलकाँडा मेलगौरी सडक खण्ड निर्माण योजनामा अनियमितता गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ग) र (ङ) बमोजिमको कसुरमा बिगो रु.२१,६३,८६५/४४ कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम सजाय गरी बिगो असुल उपर हुन तथा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम सजायसमेत हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले मिति २०८२।११।११ को फैसलाबाट सफाई दिएकोले उल्लिखित फैसलाउपर चित्त नबुझी मिति २०८३।०२।२९ गते सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको छ।
प्रवक्ता
सुरेश न्यौपाने
Tweet